उतारचढाव पूर्ण सेयर बजार झिनो अंकले बढ्यो

उतारचढाव पूर्ण सेयर बजार झिनो अंकले बढ्यो
+
-

काठमाडौं- उतारचढाव पूर्ण सेयर बजार अन्ततः २.४४ अंकले बढेर बन्द भएको छ।

कारोबार सुरु भएको २० मिनेट भित्र करिब १०अंकले बढेको बजार अर्को २० मिनेट भित्र १२ अंकले घटेको थियो।

करिब २ मिनेट जति रातो भएको परिसूचक २ घण्टा भन्दा बढी समय उकालो चढेको थियो। दुई घण्टा भित्र २० अंकले बढेको नेप्से परिसूचक अन्तिम ३० मिनेट ओरालो लाग्दा १४३७.२५ अंकमा पुगेर रोकिएको थियो।

लगानीकर्ताको मनोबल अझै बढेको देखिदैन एक ब्रोकरले भने, बजार बढ्दा खरिदकर्ताको चाप बढेको तर बजार घट्न थाल्दा सेयर बेच्नहरु धेरै देखिएका छन्।

उतारचढाव पूर्ण बजारमा १ सय ६६ कम्पनी ६३ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर खरिद विक्री भएको छ।

मंगलबार पनि सबैभन्दा बढी रकमको कारोबार गर्ने कम्पनी स्ट्यान्डर्ड चाटर्ड बन्यो। स्ट्यान्डर्डको ६ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

एभरेष्ट बैंकको प्रिफिरेन्स सेयरले सबैभन्दा बढी ६.६ प्रतिशत गुमाउँदा सबैभन्दा बढी कमाउने मिसन विकास बैंकको मूल्य ७.४१ अंकले बढेको थियो।

बैंकिंङ, ट्रेडिङ र अन्य उपसूचक उकालो लाग्दा होटल, विकास बैंक, हाइड्रोपावर, वित्त, बीमा, उत्पादन मूलक र लघुवित्त उपसूचक ओरालो लागेका थिए।

यो पनि हेर्नुहोस्:

सेयर बजार ह्वात्तै बढ्यो

तपाईँसँग पैसा छ? लगानी व्यवस्थापन गरिदिने छन् है…

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?