राष्ट्र बैंक फेरि १० अर्ब रुपैयाँ बजारमा पठाउँदै

+
-

काठमाडौं- नेपाल राष्ट्र बैंकले फेरि १० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको छ। गत आइतबार ५ अर्ब रुपैयाँ बजारमा पठाएको राष्ट्र बैंकले बुधबार पुनः १० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो।

बजारमा तरलता अभाव चुलिएपछि राष्ट्रबैंकले सरकारी ऋणपत्र खरिद गर्दै बजारमा पैसा पठाउनु परेको हो।

राष्ट्रबैंकले सार्वजनिक सूचना प्रकाशित गर्दै नेपाल सरकारको विकास ऋणपत्र खरिद गरेका खरिदकर्तालाई बिक्री गर्न चाहेको ऋणपत्रको सिरिज नम्बर परिणाम र मूल्य उल्लेख गरी आउँदो बुधबार २ बजेसम्म आवेदन दिन भनेको छ।

बजारमा देखिएको तरलता अभाव सम्बोधन गर्न राष्ट्र बैंकले ४ दिनको फरकमै १५ अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो।

२३ अर्ब रुपैयाँ मुद्दति खातामा राख्दै

यस्तै राष्ट्र बैंकले १८ अर्ब ५४ करोड रुपैयाँ बाणिज्य बैंकमा, ३ अर्ब ४७ करोड रुपैयाँ विकास बैंक र १ अर्ब १५ करोड रुपैयाँ वित्त कम्पनीमा मुद्दति निक्षेपमा लगानी गर्ने भन्दै बैंक वित्तीय संस्थाहरुसँग प्रस्ताव आह्वान गरेको छ।

पुस १९ गते सम्म बैंक वित्तीय संस्थाहरुसँग ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको राष्ट्रबैंकले माघ १ गते देखि मुद्दती खातामा रकम जम्मा गर्ने जनाएको छ।

राष्ट्रबैंकबाट २३ अर्ब १७ करोड मुद्दति निक्षेपको रुपमा आए तरलता अभाव सम्बोधन गर्न केही मद्दत गर्ने एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए।

यो पनि हेर्नुहोस्: 

१ अर्ब रुपैयाँको म्युचुअल फण्ड आउने

बजारमा पैसा घट्यो, राष्ट्रबै‌ंक ५ अर्बको ऋणपत्र किन्दै

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?