दाङ- दाङकाे देउखुरीमा मङ्गलबार बेलुका भएको सवारी दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ। राप्ती गाउँपालिका वडा नम्वर ८ पिपरीमा ट्र्याक्टर र माेटरसाइकल ठाेक्किँदा रुपन्देही निवासी २२ वर्षीय शम्भु चाैधरीकाे मृत्यु भएको हाे।
रा १ त १४०२ नम्बरको ट्र्याक्टरमा लु २४ प ८८२४ नम्बरकाे माेटरसाइकल ठाेक्किन पुगेकाे प्रहरीले जनाएको छ। लमहीबाट भालुवाङतर्फ जाँदै गरेकाे ट्र्याक्टरमा पछाडिबाट माेटरसाइकल ठाेक्किन पुगेकाे प्रहरीले जनाएको छ।
दुर्घटनामा परी घाइते भएका चाैधरीकाे लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे।
यो पनि हेर्नुहोस्:
स्कुटर दुर्घटनामा चालकको मृत्यु
फिल्म रिलिज नहुँदै अभिनेत्री बिनाको स्कुटर दुर्घटनामा मृत्यु