राष्ट्रिय ह्याण्डबल आजदेखि

+
-

पोखरा- पोखरामा भोलि (बुधबार) देखि सञ्चालन हुन गइरहेको राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र घरेलु टिम पश्चिमाञ्चलबीच प्रतिष्पर्धा हुने भएको छ।

नेपाल ह्याण्डबल संघ र कास्की जिल्ला ह्याण्डबल संघको आयोजनामा पोखरा रंगशालामा सञ्चालन हुने उक्त प्रतियोगिता अन्तर्गत १८ औं पुरुष ह्याण्डबलको उद्घाटन खेलमा एपीएफ र पश्चिमाञ्चलको खेल हुने नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले बताए।

उनका अनुसार औपचारिक खेल १ बजे भए पनि बिहानैदेखि पोखरा रंगशालामा महिला तथा पुरुषका लिग चरणको खेल सञ्चालन सुरु हुने भएको छ। प्रवेश निशुल्क रहेको उक्त प्रतियोगिता भलिबल प्रशिक्षण केन्द्रको परिसर र रंगशालाको पूर्वपट्टिको भागमा हुने भएको हो।

पुष २२ गतेसम्म पोखरामा सञ्चालन हुने १८ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको अन्तिम तयारी पूरा भएको संघले जनाएको छ। प्रतियोगितामा दुई विभागीय र पाँच विकास क्षेत्रका एक/एक गरी महिला तथा पुरुष तर्फ ७/७ टिम सहभागी हुने भएका छन्।

यो पनि हेर्नुहोस्: 

राष्ट्रिय ह्याण्डबल हुने

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’