जनादेश अनुसार गठबन्धन सरकार चलोस्: डा.कोइराला

जनादेश अनुसार गठबन्धन सरकार चलोस्: डा.कोइराला
+
-

विराटनगर-नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले जनताले दिएको जनादेशलाई आत्मसात गर्दै कांग्रेस अब रचनात्मक प्रतिपक्षीको भूमिकामा रहनु पर्ने बताएका छन्।

विराटनगरस्थित कोइराला निवासमा बुधबार आयोजित पत्रकार सम्मेलनका क्रममा केन्द्रीय सदस्य कोइरालाले भने, ‘अब सत्ताको खेलमा भन्दापनि पार्टीलाई संगठित बनाउनतर्फ सवैको ध्यान केन्द्रित हुनु आवश्यक छ।’

सत्ताको लोभबाट बाहिर निस्कदै कांग्रेसले अब समग्र पार्टीको संगठन बलियो बनाउनेतर्फ पार्टी पंक्ति केन्द्रित हुनुपर्नेमा उनले जोड दिए।

यस्तै नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको कार्यक्रममा  उनले बाम गठबन्धनको तालमेललाई भत्काउनतर्फ लाग्‍ने नहुने बताए। कांग्रेस महामन्त्री सशांक कोइरालाको अभिव्यक्तिप्रति  उनले भने, ‘राजनीतिमा भनाइ राख्न पाइन्छ, त्यसैले मेरो बुझाइ यो गठबन्धनमा सरकार बन्‍न दिनुपर्छ। जनताको जनादेश त्यही नै हो।’

संविधान त कांग्रेसले सरकार अहिले नै छोड्नुपर्ने अवस्था छैन भनेका कोइरालाले संविधान नै कमप्लिकेटेड बन्यो कि भन्‍ने बुझाइ राख्छन्। उनी स्पस्ट पार्छन, ‘भर्खर राष्टिय सभाको कुरा र अब प्रादेशिक सभाको कुरा बाकी नै रहेको छ । त्यसैले अहिले नै कांग्रेसले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने अवस्था छैन्।

त्यसैगरी, पार्टी कार्यसमितिले अझै पूर्णता पाउन सकेको छैन भन्ने प्रश्नमा उनले भने, ‘त्यो विषय अब गौण भइसकेको र अब पार्टी युवा र पाकाहरुको मिश्रणबाट अघि बढाउनुपर्छ। युवाको जोश र पाकाको अनुभवकाबीच पार्टीले जीवन्तता पाउनेछ।’

एमालेले अध्यायदेश पास गर्न हुन्‍न भनी राष्टपतिलाई उकासेको उनको आरोप थियो। निर्वाचनपूर्व बामगठबन्धनले जिते मुलुकमा अधिनायकवाद आउँछ भन्दै कांग्रेसले नारा लिएको भन्‍ने प्रश्नमा उनले भने, ‘राष्टिय सभा अध्यादेशको सन्दर्भमा त्यो लक्षण देखिएको थियो। यदि त्यसो भएको भए, यहीबाट अधिनायकबाद हावी हुनसक्थ्यो। तर, त्यसलाई रोकेर राख्‍न नमिल्ने भएपछि अन्तत पास भयो। प्रयास गरेको हो सुरुआती तर, एमाले सफल भएन।’

यो पनि हेर्नुहोस्: 

जनादेश अनुसार गठबन्धन सरकार चलोस्: डा.कोइराला

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?