
काठमाडौं-गोल्डस्टार जुत्ताको उत्पादक किरण सुज म्यानुफ्याक्चर्सले आक्रामक बजार विस्तारको रणनीति लिएको छ।
विदेश निकासीमा अग्रही स्थानमा रहँदै आएको गोल्डस्टारले स्थानीय मागलार्इ पनि सम्बोधन गर्न बजार विस्तार गर्न थालेको हो।
बजार विस्तारका लागि फ्रान्चाइजी अवधारणामा देशका विभिन्न स्थानमा शोरुम स्थापना गर्न थालेको छ।यसअघि नेपालमा गोल्डस्टारका आधिकारिक शोरुम थिएनन्।
पुरानो वानेश्वर र कालिमाटीमा गोल्डस्टारले आधिकारिक शोरुम खोलेको छ।पुरानो वानेश्वरमा सोलमेट्स इन्टरप्राइजेज र कालिमाटीमा फर्स्ट स्टेप इन्टरप्राइजेज गोल्डस्टारका आधिकारिक फ्रान्चाइजी हुन्।
कम्पनीकी निर्देशक विदुषी राणाले उपभोक्ताका माग अनुसार शोरुम खोल्न थालेको बतार्इन्।
उनका अनुसार मुलुकका विभिन्न स्थानमा फ्रान्चाइजी अवधारणामा गोल्डस्टारको शोरुम खोलिनेछ। कम्पनीले यसअघि सुन्धारामा रहेको सिभिल मल र जमलमा शोरुम खोलिसकेको छ।
यो पनि हेर्नुहोस्: