अ
+
अ
अ
-
बिर्तामोड–झापाको बिर्तामोडस्थित मुक्तिचोकमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।
बाटो काट्ने क्रममा बसले किचेर हल्दीबारी घर भएकी ३३ बर्षीया लक्ष्मीमाया कन्दङ्वाको मृत्यु भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता याम खड्काका अनुसार बाटो काट्ने क्रममा पश्चिमबाट पूर्व जाँदै गरेको मे १ ख १७२२ नम्बरको बसले कन्दङ्वालाई किचेको थियो। बाटो काट्दै गरेकी कन्दङ्वालाई एउटा मोटरसाइकल रोकिरहेको ठाँउबाट अगाडि बढेपछि उनी लडेकी थिइन्। कन्दङ्वा लडेपछि त्यही आएको बसले उनको टाउकामा किचेको जानकारी खड्काले दिए।
दुर्घटनाबाट गम्भीर घाइते भएकी कन्दङ्वालाई बिएन्डसी अस्पताल लगेकोमा डाक्टरले मृत घोषणा गरेका थिए। घटनामा संलग्न बस, मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यो पनि हेर्नुहोस्: