
काठमाडौं-कोकाकोला नेपालले कोकाकोला,फ्यान्टा र स्प्राइटको सानो पेट (प्लाष्टिक) बोतल नेपाली बजारमा ल्याएको छ।
नेपाली बजारमा ३ सय एमएल साईजमा सिसा बोतलमात्र उपलब्ध भएकोमा सानो प्लाष्टिक बोतलले उपभोक्तालार्इ विकल्प दिने कम्पनीले दाबी गरेको छ।
फुच्चे प्याकको मूल्य ४० रुपैयाँ तोकिएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
कोकाकोलाका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले नयाँ सानो पेट बोतलमा कोकाकोला,फ्यान्टा र स्प्राइट ल्याउन पाएकोमा खुशी व्यक्त गर्दै ग्राहकको बढ्दो माग अनुसार सानो पेट बोतल ल्याएको बताए।
उनले नयाँ पेट बोतल उपभोक्ताले मनपराउने दाबी गरे।
यो पनि हेर्नुहोस्: