४२ थान मुद्दाले किन वर्ष कटाए?

४२ थान मुद्दाले किन वर्ष कटाए?
+
-

नेपालगञ्ज– अदालतले जुनसुकै मुद्दा एक वर्षभित्र फैसला गरिसक्ने कार्यविधि बनाइसकेपनि त्यसको अझै पूर्णतः कार्यान्वयन हुन सकेको छैन ।उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा अहिले ४२ थान मुद्दा एक वर्ष कटेका छन्। वरिष्ठ  न्यायाधीश पौडेलका अनुसार प्रतिवादी धेरै भएका, म्याद बदर, तामेलको समस्या भएका मुद्दा लम्बिएका छन्।

‘हामीले जुनसुकै मुद्दाको फैसला एकवर्ष भित्र गर्नु पर्ने हो, केही मुद्दा विविध झमेलाले गर्दा लम्बिएका छन्,’ न्यायाधीश बिष्णुदेव पौडेलले भने।

उच्च अदालतमा कात्तिक मसान्तसम्ममा एक वर्ष नाघेका ३१, ६ महिना नाघेका १ सय ३०, ३ महिना नाघेको १ सय ५६ र ३ महिनाभित्रका २ सय थान मुद्दा छन्। एक वर्ष कटेका ३१ मा दुनियावादी देवानी १४, सरकारवादी फौजदारी १३ र दुनियावादी फौजदारी ४ थान मुद्दा छन्। डेढ महिनायता वर्ष नाघेको ११ वटा मुद्दा थपिएका छन्।

मुद्दा फर्छ्यौट ढिला हुनुमा जनशक्तिको कुरा आउँछ। उच्च अदालतमा अहिले ६ जना न्यायाधीशसहित ५४ जना कर्मचारीको दरबन्दी रहेको छ। केही काजबाहेक सबैजना कार्यालयमा उपस्थित छन्।

न्यायाधीश पौडेलले न्याय सम्पादन छिटो छरितो गराउन शुक्रबार पनि मुद्दा हेर्न थालेको जानकारी दिए। कानुन व्यवसायीले एक दिन त मुद्दा नहेरौं भने पनि मुद्दाको चापले गर्दा हेर्न थालिएको छ।

अदालतले गरेको कतिपय आदेश कार्यान्वयन नभएको सम्बन्धमा सम्बन्धित निकायसँग अन्तरक्रिया हुँदा बुझ्ने कोसिस गर्ने न्यायाधीश पौडेलले बताए। आमाको नामबाट नागरिकता दिन र सार्वजनिक सरोकारको मुद्दामा अदालतले आदेश दिने तर सम्बन्धित निकायले आलटाल गर्ने गरेको पाइएको छ। ‘ए त्यस्तो भइरहेको छ, म न्यायक्षेत्र समन्वय समितिसँगको छलफलमा त्यो कुरा गरौंला,’ न्यायाधीश पौडेलले भने, ‘हामीले सिधैं अदालतको आदेश किन कार्यान्वयन गरेनौं भनेर भन्न सक्दैनौँ।’

३२ प्रतिशत फर्छ्यौट

उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले ३२ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ ।

चालु आर्थिक वर्षको पुस आधासम्ममा अदालतले ८ सय १५ मध्ये २ सय ६४ थान मुद्दा फछ्र्यौट गरेको वरिष्ठ न्यायाधीश विष्णुदेव पौडेलले जानकारी दिए। अदालतमा ४ सय ३६ थान मुद्दा जिम्मेवारी सरेर आएको थियो भने ३ सय ६९ थान यही वर्ष परेको थियो।

अदालतले बुधबार पत्रकार सम्मेलन गरेर अहिलेसम्म भए/गरेका कारबाही सार्वजनिक गरेको छ। सरकारवादी फौजदारी ३ सय ५० मुद्दामा एक सय ३७ मात्रै फर्छ्यौट भएको छ। दुनियावादी देवानीमा २ सय २९ मध्ये ५७ वटा फर्छ्यौट भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?