बारामा ४० प्रतिशत बालबालिकामा कुपोषण

+
-

कलैया- जिल्ला जनस्वास्थ्य कार्यालय बाराले जिल्लामा ४० प्रतिशत बालबालिकामा कुपोषण रहेको बताइएको छ ।

यहाँ आयोजित अन्तरक्रियामा जनस्वास्थ्य अधिकृत प्रेमचन्द्र जयसवालले जिल्लामा ४० प्रतिशत बालबालिका कुपोषणलाई उपचार गर्न जिल्लामा १८ गाउँमा ‘शीघ्र पोषण एकीकृत कार्यक्रम’ सञ्चालन गरिएको जानकारी दिए।

उहाँका अनुसार युनिसेफको आर्थिक सहयोगमा बहुक्षेत्रीय पोषण कार्यक्रम जिल्लाका उपमहानगर, नगरपालिका र गाउँपालिका गरी १६ वटा स्थानीय तहमा सञ्चालन भएको छ।

सो अवसरमा परिवार नियोजन कार्यालयका राघवेन्द्र कर्णले २०७४÷७५ मा ५०० महिला–पुरुषलाई परिवार नियोजन गराउने लक्ष्य लिएकामा एक महिनामा ८१२ जना महिला–पुरुषको परिवार नियोजन गराएको बताए।

जिल्लाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिन सञ्चारकर्मीका लागि आयोजना गरिएको सो कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख रोशनलाल चौधरीले जनस्वास्थ्यको स्थितिका बारेमा प्रकाश पारे।

यो पनि हेर्नुहोस्: 

बालभिटाको प्रयोगले कुपोषण दर घट्दै

कुपोषितको स्वास्थ्य सुधारको जिम्मा स्थानीय तहलाई

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?