
सोल-एजेन्सी-उत्तर कोरियाले दक्षिण कोरियासँग वार्ताका लागि हटलाइन सेवा सुरु गरेको छ।
दक्षिण कोरियाले स्थानीय समयअनुसार बुधबार दिउँसो ३:३० बजे उत्तरबाट आएको फोनमा कुराकानी भएको जानकारी दिएको छ।
उत्तर कोरियाली नेता किम जोङ उनले यसअघि नै दक्षिण कोरियामा फेब्रुअरीमा हुने शीतकालीन ओलम्पिकमा भाग लिन सक्ने बताएका थिए।
दुई देशबीच सन् २०१५ देखि यता उच्चस्तरमा वार्ता हुन सकेको थिएन।
दक्षिण कोरियाली समाचार संस्था योन्हापले सरकारी स्रोतलाई उद्धृत गर्दै लेखेको छ, ‘हामीले दक्षिण कोरियासँग निकट सम्बन्ध बनाउनेछौं। आगामी महिना हुने शीतकालीन ओलम्पिकमा सहभागी हुने विषयमा छलफल गर्नेछौं।’
दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनका पे्रस सचिवले यो निकै महत्वपूर्ण भएको जानकारी दिए। यसबाट वार्ताको वातावरण बन्ने पनि उनले विश्वास व्यक्त गरे।
यो पनि हेर्नुहोस्: