टिकेन सेयर बजारको वृद्धि, दोहोरो अंकले घट्यो परिसूचक

+
-

काठमाडौँ- सेयर बजारको वृद्धि दुई दिनभन्दा धेरै टिक्न सकेन। लगातार दुई दिन उकालो लागेको सेयर बजारमा साताको चौथो कारोबार दिन दोहोरो अंकको गिरावट आएको छ। बुधबार नेप्से परिसूचक २०.६३ अंकले घटेर १४१६.६१ अंकमा पुगेको छ।

बजार खुलेको प्रारम्भदेखि ओरालो लाग्न थालेको बजार दोहोरो अंकले घटेर बन्द भएको थियो।

दोहोरो अंकले बजार ओरालो लाग्दा कारोबार रकममा पनि गिरावट आएको छ। साताको चौथो दिन १ सय ५५ कम्पनीको ४४ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

सबैभन्दा रकमको कारोबार गर्ने कम्पनीको सूचीमा नेपाल टेलिकम रह्यो। टेलिकमको ४ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबार १६ कम्पनीका लगानीकर्ता नाफामा रहँदा सबैभन्दा भन्दा बढी बढ्ने कम्पनीको सूचीमा मल्टिपर्पोज फाइनान्स रह्यो। सबैभन्दा बढी घट्ने कम्पनीको सूचीमा महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था रह्यो। महिलाको मूल्य ६ प्रतिशतले घटेको छ।

दोहोरो अंकले घटेको बजारमा सम्पूर्ण उपसूचकहरु पनि ओरालो लागेका थिए।

यो पनि हेर्नुहोस्: 

उतारचढाव पूर्ण सेयर बजार झिनो अंकले बढ्यो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?