पाकिस्तानले ‘दोहोरो खेल’ खेलेको आरोप

पाकिस्तानले ‘दोहोरो खेल’ खेलेको आरोप
+
-

वासिङटन-संयुक्त राष्ट्रसंघका लागि अमेरिकाकी स्थायी प्रतिनिधि निक्की हेलीले पाकिस्तानले अमेरिकासँग ‘दोहोरो खेल’ खेलिरहेको आरोप लगाएकी छन्।

वर्तमान सरकारलाई यो सह्य नहुने पनि उनले चेतावनी दिएकी छन्।

पाकिस्तानलाई दिँदै आएको साढे २५ करोड अमेरिकी डलर रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको हेलीले प्रशंसा गरिन्।

ट्रम्पको घोषणालाई पाकिस्तानले निराशाजनक भएको बताएको थियो । यस्ता आरोपबाट अमेरिका र पाकिस्तानबीच अविश्वास मात्र बढ्ने इस्लामाबादको भनाइ छ।

पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासीले राष्ट्रिय सुरक्षा परिषद् (एनएससी)को बैठकमा उनले असन्तुष्टि व्यक्त गरेका थिए।

आतंकवादविरुद्धको युद्धमा आफूले गरेको सहयोगको साटो उपेक्षा मात्र मिलेको पाकिस्तानले टिप्पणी गरेको छ ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा निक्कीले भनिन्, ‘पाकिस्तानले हामीसँग आतंकवादविरुद्ध काम गर्दै हुन्छ भने अर्कोतर्फ हाम्रै सैनिकमाथि आक्रमण गर्ने आतंकवादीलाई सहयोग गरिरहेको हुन्छ ।’

ट्रम्प सरकारलाई यस्तो कुरा पाच्य नहुने बताउँदै पाकिस्तानबाट निकै सहयोग अपेक्षा गरेको निक्कीले बताइन् ।

यो पनि हेर्नुहोस्: 

आतंकवादविरुद्ध पाकिस्तान सहयोगी: चीन

पाकिस्तानलाई सहयोग गर्नु मूर्खता: ट्रम्प

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?