दाङको एक मात्र ग्यास उद्योगमा यस्तो सावधानी

दाङको एक मात्र ग्यास उद्योगमा यस्तो सावधानी
+
-

दाङ-ग्यास उद्योगमा अकस्मात आगलागी भयो भने आगो कसरी नियन्त्रणमा लिने? यसको उत्तर खोज्न लमही नगरपालिका वडा नं. ८ गोझेनामा रहेको राप्ती ग्यास उद्योगमा पुगेपछि धेरै विकल्प भेटिए।

आगोको झिल्को देखिनासाथ छेउकै भित्तामा राखिएको आगो निभाउने अत्याधुनिक मेसिन फायर फाइटिङ प्रयोग गर्ने। सँगै बाल्टीमा राखिएको बालुवाले पुर्ने। उद्योगको माथिल्लो भागमा जडान गरिएको पानीको पाइपबाट पानी झार्ने।

यतिले नपुगे वाटर स्प्रिङ सिस्टमबाट फोर्सले पानी फ्याँक्ने। उद्योगको चार कुनामा वाटर स्प्रिङ सिस्टम जडान गरिएको छ। २४ सै घण्टा उद्योग क्षेत्रमा ४ लाख ६० हजार लिटर पानी स्टक रहन्छ। उद्योगभित्र रहेका विकल्पहरुले समाधान हुन नसके मात्रै आगो नियन्त्रणका अन्य उपायको खोजी गर्न सकिने छ। जिल्लामा एउटा मात्रै ग्यास उद्योग छ। लमही नगरपालिका वडा नं. ८ गोझेनामा रहेको राप्ती ग्यास उद्योगले सुरक्षा प्रबन्ध चुस्त रहेको जनाएको हो।

‘उद्योगभित्र अपनाउनुपर्ने सुरक्षाका सवै प्रबन्ध छ, अत्याधुनिक मेसिन पनि छ,’ राप्ती ग्यास उद्योगका प्रबन्धक खड्ग बुढाथोकीले भने, ‘रातको समयमा बुलेटबाट प्लान्टमा ग्यास सप्लाइ बन्द छ, दिउँसोको समयमा मात्रै गर्छौ।’

उद्योग परिसरमा आकस्मिक रुपमा आगो लागिहाले त्यसलाई नियन्त्रण गर्न धेरै उपकरण जडान गरिएको र विकल्पहरु राखिएका छन्। ११ थान फायरफाइटिङ राखिएको छ।

१० किलोका ९ वटा र ५० किलोका २ वटा आगो निभाउन चाहिने फायर फाइटिङ रहेको छ। उद्योगको चारैतिर ग्यास स्टोर, बुलेट अनलोड गर्ने ठाउँमा आकस्मिक रुपमा पानीबाट आगो निभाउने वाटर स्प्रिङ सिस्टम जडान छ।

स्थानीय स्रोतबाट पनि आगो निभाउन बालुवासहित १४ वटा वाल्टी छन्। उद्योगको चार कुनामा पानीको फोर्स फाल्ने फायर हाइड्रिङ मेसिन छ। उद्योग क्षेत्रमा जाने कर्मचारीहरुको नियमित जाँच हुन्छ। कामदारदेखि अवलोकनमा पुग्नेहरुलाई सलाई, लाइटर निषेध गरिएको छ।

उद्योगको निगरानीका लागि ९ ठाउँमा सिसी क्यामरा जडान छ। केही दिनअघि वीरगञ्जस्थित ग्यास उद्योगमा आगलागी भयो। ग्यास प्लान्टमा आगलागी भएको ठूलो घटना नेपालमा सम्भवत: पहिलो हो।

वीरगञ्जको घटनाले देशभर रहेका ग्यास उद्योगहरुमा अपनाइने सुरक्षा संवेदनशीलतातर्फ ध्यान आकर्षित भएको छ।

२०६९ सालमा ६ हजार सिलिण्डरबाट यो ग्यास उद्योगले काम सुरु गरेको थियो। त्यतिबेला उद्योगलाई नेपाल आयल निगमले एक सय ८ मेट्रिक टनको अनुमति थियो। अहिले मासिक ३० हजार ग्यास सिलिण्डर बजारमा खपत भैरहेको छ भने चार सय १४ मेट्रिकटनको स्वीकृति दिइएको छ।

यो पनि हेर्नुहोस्: 

वीरगञ्जमा ग्यास उद्योगमा भीषण आगलागी, दुई अग्निनियन्त्रकको मृत्‍यु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?