दाङ – दाङमा हवाई सेवा सुरु हुने निश्चित भएको छ।
केही समय सञ्चालनमा आउने, फेरि बन्द हुँदै आएको तुलसीपुर टरिगाउँस्थित विमानस्थलवाट फेरि हवाई सेवा सुरु हुने निश्चित भएको हो। पुस २३ गते तुलसीपुरदेखि काठमाडौँ विमान सेवा सुरु हुँदै छ।
यो रुटमा समिट एयरले पुस २३ गतेदेखि उडान भर्ने छ। विमान सेवा सुरु गर्न टिकट बुकिङसमेत खुला गरिएको छ।
अहिलेका लागि दाङमा तुलसीपुर उपमहानगरपालिकामा टिकट काटिने र तत्काल दाङका विभिन्न ठाउँमा एजेन्सी मार्फत टिकट काट्ने काम सुरु हुने नगरप्रमुख घनश्याम पाण्डेले बताए। ‘दाङबाट हवाईसेवा सुरु हुँदैछ, लामो कसरत र पहलबाट यो उपलब्धि हासिल भएको हो’, प्रमुख पाण्डेले भने, ‘टिकट बिक्री सुरु भएको छ।’
तत्कालका लागि काठमाडौँबाट दाङका लागि ७ हजार २ सय र दाङबाट काठमाडौँका लागि ६ हजार ८ सय देखि ७ हजार २ सयसम्म भाडा तोकिएको छ।
यो पनि हेर्नुहोस्: