काठमाडौँ- बुधबार यो वर्षकै सबैभन्दा चिसो दिन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
उपत्यकाको तापक्रम आज २.२ डिग्री सेल्सियसमा झरेको विभागका मौसमविद् वरुण पौडेलले बताए। यसअघि पुस १ गते उपत्यकाको तापक्रम २.८ डिग्री सेल्सियस थियो।
जिरी, जोमसोम र जुम्लाको तापक्रम आज माइनसमा झरेको छ। जुम्लामा माइनस ६.४, जोमसोममा माइनस २.२ र जिरीमा माइनस २ डिग्री सेल्सियस तापक्रम पुगेको उनले बताए।
तराईका सबैजसो भागमा हुस्सु लागेको छ। तराईमा अधिकतम तापक्रम घटेको छ भने हिमाल र पहाडमा न्यूनतम तापक्रम घटेको छ। एक दुईदिन मौसम यस्तै रहने विभागले जनाएको छ ।
आकाशमा बादल नभएर खुला हुनु, उत्तर पश्चिमी वायु वहनु, हिमालको चिसो आउनु जस्ता कारणले चिसो बढेको हो। (रासस)
यो पनि हेर्नुहोस्: