रुपन्देही– राष्ट्रिय क्रिकेट खेलाडी फास्ट बलर सोमपाल कामी लुम्बिनी एकेडेमिक कलेजका क्रिकेट एम्बासडरमा नियुक्त भएका छन्।
बुधबार कलेज परिसरमा आयोजित कार्यक्रममा सोमपाल र कलेजका म्यानेजिङ डाइरेक्टर एवम् प्रिन्सिपल रविनचन्द्र कोइरालाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
कार्यक्रममा आफू लम्बिनी एकेडेमीसँग आबद्ध हुन पाउँदा सोमपालले खुसी व्यक्त गरे। ‘म लुम्बिनी एकेडेमीसँग आबद्ध हुन पाउँदा खुसी लागेको छ,’ उनले भने, ‘मैले आफूमा रहेको क्षमतालाई कलेजका विद्यार्थी भाइबहिनीहरूसँग साटासाट गर्नेछु।’
कार्यक्रममा कोइरालाले राष्ट्रिय क्रिकेट टिमका खेलाडी सोमपाललाई कलेजसँग आबद्ध गराउन पाउँदा कलेज प्रशासन पनि गौरवान्वित रहेको बताए। ‘सोमपालजीलाई हामीले कलेजको क्रिकेट एम्बासडरमा नियुक्त गर्न पाएका छौं,’ उनले भने, ‘यसबाट कलेज एवम् यहाँ अध्ययन गर्ने विद्यार्थीको विकासमा सहयोग पुग्नेमा म विश्वस्त छु।’
कार्यक्रममा पूर्वमिस नेपाल एवम् कलेजकी गुडविल एम्बासडर अश्मी श्रेष्ठ, समाजसेवी एवम् राजनीतिज्ञ लोकेश ढकाललगायतले सोमपाललाई कलेजसँग आबद्ध गराउन पाउनु खुसीको विषय भएको बताएको थिए।
यो पनि हेर्नुहोस्:
दृष्टीविहिनको पिडाले ताते राष्ट्रिय क्रिकेटर

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































