दुई मजदूरको हत्या मोबाइल विवादमा

+
-

पोखरा- पोखरा लेखनाथ महानगरपालिका १८ सराङकोटमा निर्माणाधीन एक होटलमा १६ गते राति दुई जनाको हत्या र एक जनाको गम्भीर घाइते हुने गरी भएको घटनामा संलग्नलाई प्रहरी पक्राउ गरेको छ।

घटनाबारे र पक्राउ पर्ने व्यक्तिलाई अनुसन्धान प्रक्रिया पूरा गरेपछि छिट्टै सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए। घटनाको प्रारम्भिक अनुसन्धानमा मोबाइलको विषयमा चार जनाबीच विवाद भएको र पछि त्यही विवादले बढ्दै घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

उक्त घटनामा भोजपुर जिल्ला षडानन्द नगरपालिकाका १३ का वर्ष ३६ का आङलाक्पा शेर्पाको र सोही ठाउँका वर्ष १९ का निमा शेर्पाको मृत्यु भएको थियो। घटनामा २८ वर्षीय आङदावा शेर्पा गम्भीर घाइते भएका थिए।

मृतकका आफन्तले शवको सनाखत गरेपछि शव बुझेका छन्। मृतक निमा शेर्पाका बुबा लाक्पा शेर्पा र मृतक आङलापा शेर्पाकी श्रीमती लाडकी शेर्पाले शब बुझेका हुन्।

मृतकहरु पोखरा लेखनाथ महानगरपालिका १८ सराङकोटको निमार्णधीन माउन्टेन रिसोर्ट एण्ड स्पाको निर्माणमा संलग्न मजदुर हुन्। उनीहरु सुतिरहेको कोठामै २ जनालाई मृत अवस्थामा र १ जनालाई घाइते अवस्थामा भेटिएको थियो। घटनामा संलग्न एक जना फरार थिए।

फरार व्यक्तिलाई अहिले प्रहरी नियन्त्रणमा लिइएको छ । कसरी घटना भयो र यसको कारण के थियो भन्ने बारेमा अनुसन्धान गरिरहेको प्रवक्ता खत्रीले जानकारी दिए। घाइते आङदावा शेर्पाको अहिले मनिपाल अस्पतालमा उपचार भइरहेको छ।

उनी अझै पूर्ण होसमा आइसकेका छैनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?