
काठमाडौं- गोल्छा ग्रुप अन्तर्गतको आरके गोल्छा ग्रुपले भारतीय बजारमा प्रख्यात क्रिष्टल इलेक्ट्रिकका विद्युतीय उत्पादनहरुको नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ।
राजधानीमा गोल्छा ग्रुपलको आरिहान्त कमर्सियलले क्रिष्टल इलेक्ट्रिकको क्रिष्टल स्विच गियर्सको विक्री वितरण सुरु गरेको हो।
आरिहान्तले विद्युतीय उपकरण अन्तर्गतका एमसीसीबी, डिष्कनेक्टर फ्यूज, चेञ्जओभर सिरिज भित्र्याएर विक्रीवितरण गर्नेछ।
यस्तै क्रिष्टलका उत्पादनहरु गिजर, स्वीच फ्यूज युनिट, एमसीबी, अफलोड चेञ्जओभर, एमसीबी डिष्ट्रिव्यूसन बोर्ड लगायतका उत्पादन पनि उपलब्ध गराइएको छ।
आरिहान्त कमर्सियलका महाप्रबन्धक विजयकुमार रायले हाल बजारमा पाइने उत्पादनहरुको तुलनामा क्रिष्टलका उत्पादनहरु गुणस्तरीय रहेको दाबी गरे। उनले भने, ‘ हाल बजारमा पाइने उत्पादनहरुको तुलनामा क्रिष्टलका उत्पादनहरु गुणस्तरीय छ।’
उनले कम्पनीले क्रिष्टल ब्राण्डको नयाँ प्रविधिको ट्रान्सफरमर बजारमा ल्याएको दाबी गरे। सिएसपि(कम्लिट सेल्फप्रोटेक्सन) प्रविधिकायी साधानले विद्युतमहशुलन्युनिकरण सहयोग गर्छ र ट्रान्सफरमरको आयु समेत बढाउछ।
‘भारतीयबजारमा क्रिष्टलका उत्पादनहरुअधिक रुचाइएका छन् । उच्च गुणस्तरकाकारण नै यो सम्भवभएको हो । अब नेपालीउपभोक्ताले पनिहाम्राउत्पादनको भरपुर सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास हामीले लिएका छौं।,’ महाप्रबन्धक रायले भने।
आईएसओ ९००:२०१५ मान्यताप्राप्त क्रिष्टल इलेक्ट्रिकका उत्पादनहरुले भारतका विभिन्न ल्याब परीक्षणमा उत्कृट नतिजाप्राप्त गरेका छन्।
सन् १९६० देखि विद्युतीयउत्पादन सुरु गरेको क्रिष्टलले उपभोक्ताको मन जित्न सकेकाकारण नै विभिन्न अवार्डहरु समेत प्राप्त गरेको छ।
यो पनि हेर्नुहोस्: