अरुको बाइक बनाइदिन्छिन्, आफू गाडी चढ्छिन् निरु

अरुको बाइक बनाइदिन्छिन्, आफू गाडी चढ्छिन् निरु
+
-

विर्तामोड–१२ वर्षअघिसम्म उनको जीवनमा के खाने के लाउने भन्ने कुराले पिरोलिरहन्थ्यो। उनका पतिको सानो कमाइले घरको खर्च धान्दैनथ्यो। बाल बच्चाको शिक्षा त परै जाओस्, घरमा आउने पाहुनालाई कसरी राम्रो खुवाएर पठाउने भन्ने चिन्ताले सधैँ सताउँथ्यो।तर जब उनले मोटरसाइकल बनाउने सीप सिकिन्, तब उनका खुशीका दिन आए। उनको नाम चर्चामा छ । उनी हुन् झापा चारआली घर भएकी मोटरसाइकल मेकानिक निरु परियार।

हातमा सुनको ब्रास्लेट, औंलाहरुमा सुनकै औंठी लगाएकी उनले मोटरसाइकलको स्क्रु खोलिरहेको बेला देख्ने मान्छे एकपटक त पक्कै हेर्छ उनले काम गरेको। उनको अहिलेको पहिरन र लगाएका गर गहनाले प्रस्ट बताइरहेको हुन्छ उनको जीवन कति सहज छ भन्न। तर त्यो समृद्धि उनको तिनै हातले मोटरसाइकल बनाएर कमाएको हो।

न उनलाई आफ्नो रुप बिग्रिने पर्वाह छ, कसैले केही भन्ला कि भन्ने।

उमेरले तीन दशकको मध्य पुगेकी उनका पति रोशन परियार हुन्। रोशन पनि मोटरसाइकल बनाउने काम गर्छन्। बिहेपछि जब अभावका दिन सुरु भए, तब निरुलाई लाग्यो अब केही गर्नुपर्छ। नत्र एकजनाको कमाइले परिवार धान्न मुस्किल छ। निरु भन्छिन्, ‘मेरा पतिले त्यत्रा मान्छेलाई मोटरसाइकल बनाउन सिकाए। तर कोही टिकेनन्। जब सबै कुरा जाने, भागिहाल। उनी अब म नै दिगो हुन्छु र काम गर्छु भनेर श्रीमानसँग मोटरसाइकल बनाउन सिकें।’

उनलाई जीवनमा एकजना कानुन व्यवसायी भएर काम गर्ने जाँगर चलेको रहेछ। तर उच्च शिक्षा अध्ययन गर्ने जमर्को गर्दैगर्दा बिहे भयो।

त्यसपछि पारिवारिक व्यवहारले समात्यो। अनि वकिल भएर काम गर्ने सपना सपनामै सीमित हुन पुग्यो। निरु भन्छिन्, ‘कानुन व्यवसायी त हुन सकिन तर अहिले जे काम गरेकी छु, कुनै पुरुषको भन्दा कम छैन।’

उनको मेहनत गज्जबको छ। बिहान घरको काम सबै सकेर ८ बजे त उनी आफ्नो ग्यारेज खोल्न घरको भुईंतलामा आइपुग्छिन्।

मोटरसाइकल स्ट्याण्ड गर्दा असजिलो नहोस्, नअल्झियोस् भनेर जिउमा सजिलो हुने कपडा लगाएर ग्यारेजमा आएका मोटरसाइकलका पार्टपुर्जा खोल्नतिर उनी लाग्छिन्। छोरी मान्छेले त कम गर्छन् नि यस्ता बलका काम भन्दा उनको जवाफ गज्जबको छ। उनले भनिन्, ‘केटा मान्छेले छोराछोरी जन्माएर देखाओस् न। केटी मान्छेले केटाले गर्न नसक्ने काम गरेर देखाउँछन् भने केटा मान्छेले गर्नसक्ने काम केटी मान्छेले पनि गर्छन्।’

उनका ग्यारेजमा आउने मान्छेले पहिला पुरुष मेकानिक नै खोज्दा रहेछन्। ‘यहाँ मिस्त्री को हुनुहुन्छ?’ भनेर उनैलाई सोध्दा रहेछन्। ‘के भएको हो तपाईंको बाइक भन्नुस् न,’ भन्दा ‘तपाईं पनि बाइक बनाउन जान्नुहुन्छ?’ भनेर प्रतिक्रिया दिने गरेको अनुभूति उनी सुनाउँछिन्। तर बाइक बनाइदिएपछि ग्राहक छक्क पर्ने गरेको उनी बताउँछिन्। अहिले उनको जीवन सहज छ, उनकै मेहेनतले। भन्छिन्, ‘महिलाले जाँगर लगाएर काम गर्ने हो भने जे पनि सम्भव छ।’

सुरुमा इन्जिनको काम गर्न उनलाई निकै गाह्रो भएको अनुभव उनले सुनाइन्। तर त्यस्मा उनका पति रोशनको ठूलो साथ थियो। लागिपरेर सिकिन्, दक्ष बनिन्। अहिले जुनसुकै बाइकको इन्जिन बनाउन आफू दक्ष भएको उनले सुनाइन्। यस्ता काममा महिलाको आकर्षण नै हुन्न भन्दा पनि हुन्छ। तर यही पेशामा मज्जाले रमाएकी छिन्। आफू हिँडनलाई गाडी किनेकी छिन्। बाल बच्चा राम्रो विद्यालयमा पढाएकी छिन्। यही पेशाले उनको पहिचान दिएको उनको भनाइ छ। निरु भन्छिन्, ‘पैसा छ, तर टिप्न जान्नुपर्छ। छलछाम गरेर होइन, काम गर्नुहोस् तर इज्जतको गर्नुहोस्।’

निरु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?