नेपालगञ्ज– बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट स्कुले बालकको मृत्यु भएको छ। बालकको मृत्युपछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन्।
कोहलपुर नगरपालिका–१२, रोहिणीमा से १ ख १२७७ नम्बरको ट्रकको ठक्करबाट ७ वर्षीय बालक विजेन रानाको घटनास्थलमै मृत्यु भएको थियो। स्कुल जाने क्रममा रहेका बालकलाई बाटो पार गर्दा ट्रकले ठक्कर दिएको थियो। बालक स्थानीय ग्रिनपिस स्कूलमा पढ्ने बुझिएको छ।
स्थानीयले शवलाई बाटोमा राखेर आन्दोलन थालेका छन्। आन्दोलनले गर्दा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। चालकलाई जेल हाल्ने र मृतकलाई २० लाख दिनु पर्ने माग अघि सारिएको छ। स्थानीयले बाटो अवरुद्ध गरेकै बेला प्रहरीले दुवैतिर छेकेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई दाङतिर पठाएको थियो।
यो पनि हेर्नुहोस्:
कारको ठक्करबाट बाटोमा हिँडिरहेकी युवतीको मृत्यु