उत्तर कोरियाले स्वीकार्‍यो दक्षिणको वार्ता प्रस्ताव

+
-

सोल-उत्तर कोरियाले दक्षिणको वार्ता प्रस्ताव स्वीकार गरेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जानकारी दिएको छ।

उक्त बैठक प्रायद्वीपलाई विभाजन गर्ने सैन्यमुक्त क्षेत्रस्थित संघर्ष विराम गाउँ पानमुनजोममा ९ तारिखमा हुनेछ।

एकीकरण मन्त्रालयका अधिकारीले भने, ‘उत्तर कोरियाले दक्षिण कोरियामा एउटा सन्देश फ्याक्स गरेको थियो।’

प्योङचाङ ओलम्पिक र कोरियाली सम्बन्धबारे छलफल हुने मन्त्रालयका प्रवक्ता बाएक ताए हुआनले जानकारी दिए। उत्तर कोरियाले गत वर्ष परमाणु परीक्षण समेत क्षेप्यास्त्र परीक्षण गरेपछि तनाव बढ्दै गएको छ।

उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ वर्षको सन्देशमा दक्षिणमा आयोजना हुने शीतकालीन ओलम्पिकमा सहभागी हुन सक्ने बताएका थिए। उनले उत्तर र दक्षिणबीच रगतको नाता भएको बताएका थिए।

यसको जवाफमा दक्षिणले उत्तरलाई वार्ताको प्रस्ताव गरेको थियो। त्यसलगत्तै उत्तरले हटलाइन सेवा सुरु गरेको थियो। दुई कोरियाबीच  वार्ताको सम्भावना बढेपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शीतकालीन ओलम्पिकसम्म संयुक्त सैन्य अभ्यास नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो पनि हेर्नुहोस्:

दक्षिणसँग वार्ताका लागि उत्तरद्वारा हटलाइन सेवा सुरु

दक्षिणद्वारा उत्तर कोरियालाई वार्ताको लागि आह्‍वान

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?