कोख भाडामा लिएर बच्चा जन्माउन प्रतिबन्ध

+
-

काठमाडौँ- सर्वोच्च अदातलले सरोगेसी सेवा ( कोख भाडामा लिएर बच्चा जन्माउने) लाई अनुमति नदिने फैसला सुनाएको छ।

न्यायाधीश दीपकराज जोशी, चोलेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको शुक्रबारको पूर्ण इजलासले सरोगेसी सेवा सञ्चालन गर्न पाउनुपर्ने मागको पुनरवलोकन निवेदनमा अनुमति नपाइने फैसला सुनाएको हो। अस्पताल, नर्सिङ होम वा स्वास्थ्य सेवा प्रदान गर्ने निकायलाई कुनै तरिकाले प्रत्यक्ष वा परोक्ष रुपमा सरोगेसीका लागि अनुमति नदिनू र नदिलाउनू भन्ने आदेश जारी भएको छ।

अदालतको आदेशसँगै नेपालमा भाडामा कोख लिएर बच्चा जन्माउन प्रतिबन्ध लाग्नेछ।

नेपालमा सरोगेसी सेवासम्बन्धी कानूनविना नै स्वास्थ्य सेवा वा पर्यटनका नाममा सो व्यवसाय चलिरहेको थियो।

ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल प्रालिले स्वास्थ्य मन्त्रालयको अनुमतिविना नै सो सेवा सञ्चालन गरेको थियो।

यसअघि तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले सरोगेसी सेवा नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको थियो।

यो पनि हेर्नुहोस्:

प्रदीप पौडेलको विवादमा मतपत्र र मुचुल्का पेश गर्न सर्वोच्चको आदेश

रेशमले अदालतलाई टेरेनन्: सर्वोच्च

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?