सुर्खेतमा दुई हजार बालबालिकासँग छैन आमाबुबाको काख

सुर्खेतमा दुई हजार बालबालिकासँग छैन आमाबुबाको काख
+
-

सुर्खेत- जिल्लामा बालबालिकामाथि जोखिम बढ्दै गएको पाइएको छ। जिल्ला बाल कल्याण समिति सुर्खेतद्धारा सार्वजनिक तथ्यांक अनुसार बालबालिका माथि हिंसा, दुर्व्यवहारलगायतका अन्य जोखिम बढ्दै गएको पाइएको हो। जिल्लाका करिब दुई हजार बालबालिका अभिभावकविहिन छन्।

जिल्ला बाल कल्याण समितिको प्रतिवेदन २०७४ अनुसार सुर्खेतमा ८८ हजार ४३ जना बालक र ८६ हजार पाँच सय ५८ जना बालिका गरी एक लाख ७४ हजार ६ सय एक जना बालबालिका छन्। यीमध्ये २०७३/०७४ मा तीन जना बालबालिका घरेलु हिंसाबाट पीडित भएको तथ्यांकमा उल्लेख छ। यस्तै ४४ जना बालबालिका बालश्रम गर्न बाध्य छन् भने २६ जना बालिकामाथि जबरजस्ती करणी भएको तथ्यांकमा उल्लेख छ।

त्यसैगरी १८ जना बहुविवाह र दुई जना बालबालिका बेचविखन तथा ओसारपसारमा परेको तथ्यांकमा उल्लेख छ। प्रतिवेदनअनुसार सुर्खेतमा ८७ जना लागु औषध तथा दुर्व्यसनमा छन् भने दुई जना एचआईभी संक्रमित छन्।

तीन दशमलब २० प्रतिशत बालबालिका कुपोषित छन्। समितिको प्रतिवेदनमा रहेको उक्त तथ्यांक हेर्ने हो भने जिल्लामा बालबालिकामाथि हिंसा बढ्दै गएका छन् जसले गर्दा बालबालिकाहरू असुरक्षित बन्दै गएको पाइएको छ। बालबालिकाका क्षेत्रमा सरकारी तथा गैर–सरकारी संघसंस्थाले करोडौं लगानी गर्दै आएका छन्।

जिल्ला बाल कल्याण समिति सुर्खेतका बाल संरक्षण अधिकृत प्रेमप्रसाद आचार्यले अभिभावक गैर–जिम्मेवार बन्दा बालबालिका असुरक्षित बन्दै गएको बताए। कमजोर आर्थिक अवस्थाका कारण अभिभावकले समेत वास्ता नगर्ने गरेको पाइएको उनले बताए। ‘थोरै पैसा कमाएर लगेपछि घरपरिवार खुसी हुन्छन्,’ उनी भन्छन्, ‘पढ्ने उमेरमा सन्तानले फोहोर संकलन गर्दै छ भन्ने बारेमा आमाबुवा नै जानकार छैनन्।’

जिल्लामा करिब दुई हजार बालबालिका अभिभावकविहीन रहेको उनले उल्लेख गरे। अभिभावक विहीन भएका बालबालिकाहरूलाई समाजमा स्थापित गर्न गाह्रो हुने उनको भनाइ छ।

संरक्षणकोे अभावका कारण बालबालिका दिनप्रतिदिन कुलतमा फस्दै गएको अधिकृत आचार्यले बताए।

बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन विद्यालयमा भयरहित वातावरणमा पठन पाठन गर्दै आएको जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले बताए। यद्पि बालमैत्री शिक्षाको अवधारणअनुसार शिक्षा प्रदान गर्न नसकिएको उनले बताए। जनचेतनाको अभावका कारण पनि बालबालिकाहरू असुरक्षित बन्दै गएको जिशिअ शाहको भनाइ छ।

जिल्ला बाल कल्याण समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले महिला हिंसा नै बालहिंसाको जग भएको भन्दै उनले महिला हिंसा न्यूनीकरणतर्फ सबै एकजुट हुनुपर्ने बताए।

केन्द्रीय बाल कल्याण समितिका बाल अधिकार स्रोत व्यक्ति डम्बरबहादुर रोकायका अनुसार प्रत्येक वर्ष झण्डै एक हजार दुई सय बालिकाहरूको बेचबिखन हुने गरेको छ। उनले करिब सय जनाको मात्रै प्रहरीले रिपोर्टिङ गर्ने गरेको बताए।

मुलुकका ४४ जिल्लामा ५ सय ७७ बालगृहमा १६ हजार ४ सय बालबालिका बस्दै आएका छन्।

बाल गृहमा रहेका बालबालिकाहरूमध्ये ६० प्रतिशत बालबालिकाका बुवाआमा नभएको पाइएको उनले बताए। यस्तै, ८० प्रतिशत बालबालिकाका बुवा वा आमामध्ये एक जीवित रहेको पाइएको छ।

यो पनि हेर्नुहोस्:

जोखिममा बृद्धबृद्धा र बालबालिका

बालबालिकालाई न्यानो कपडा वितरण

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?