हैजाको प्रकोपका कारण विश्‍वविद्यालय बन्द

+
-

लुसाका-जाम्बियामा हैजाको प्रकोप बढेपछि यहाँको सवैभन्दा ठूलो विश्वविद्यालय शुक्रबार देखि बन्द गरिएको छ ।

विश्वविद्यालय व्यवस्थापनले केही समयदेखि फैलिएको हैजाको प्रकोपका कारण विश्वविद्यालयमा पठन पाठनका साथै सवै काम कारबाही बन्द गर्ने घोषणा गरिएको स्पष्ट पारेको छ ।

जाम्बियाको राजधानी लुसाकामा रहेको जाम्बिया विश्वविद्यालय नै जाम्बियाको सवै भन्दा ठूलो विश्वविद्यालय हो । सो विश्वविद्यालय प्रशासनले हैजाकै कारण शुक्रबारदेखि सवै कामकारबाही बन्द गरिएको घोषणा गरेको हो ।

विश्वविद्यालयका रजिष्ट्रार सितली वामुन्डीलाले हैजाको प्रकोप नियन्त्रणमा नआए सम्म विश्वविद्यालय अन्तर्गतका कुनै पनि संकाय वा निकाय सञ्चालन नगर्न निर्देशन दिइएको बताए।

हैजाको प्रकोपले विषेशगरेर राजधानी लुसाका बढी प्रभावित भएको र बताइएको छ । विश्वविद्यालयको व्यवस्थापनले अब सो विश्वविद्यालय कहिलेदेखि खुला हुने हो भन्ने बारेमा भने केही पनि बताएको छैन ।

विद्यालय तथा कलेजहरु पनि बन्द भएपछि घर फर्किन लागेका विद्यार्थीहरुका लागि निःशुल्क यातायात सेवाको व्यवस्था गरिने रजिष्ट्रार वामुन्डीलाले जारी गरेकोको विज्ञप्तिमा उल्लेख छ।

जाम्बियाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक सय जनामा हैजाको प्रकोप देखिएको विवरणहरु प्राप्त भएको जनाएको छ।

हैजाको प्रकोप सुरु भएदेखि अहिले सम्म २ हजार २४८ जना नागरिकलाई हैजा भएको विज्ञप्तिमा जनाइएको छ।स्वास्थ्यमन्त्री चितालु चिलुफियाले फोहोरका कारण पछिल्लो समयमा हैजाको प्रकोप फैलाउन सहयोग पुगेको बताए।

यसरी हैजा फैलाउने काममा सहयोग पुर्‍याएका लुसाका तथा वरपरका विभिन्न खाजा पसल (फास्ट फुड) तथा केही होटलहरु पनि बन्द गराइएको बताए।

ती पसलहरुमा खाद्य पदार्थको गुणस्तर परीक्षण गर्दा हैजा फैलाउने खालको देखिएकाले बन्द गराइएको पनि उहाँले स्पष्ट पार्नुभएको लुसाकाबाट प्राप्त समाचारमा जनाइएको छ।

यो पनि हेर्नुहोस्:

भाइरल ज्वरोले जाजरकोटमा थप तीनको मृत्यु, विद्यालय बन्द

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?