लालुलाई साढे तीन वर्ष कैद

लालुलाई साढे तीन वर्ष कैद
+
-

नयाँ दिल्ली– बिहारका पुर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका नेता लालुप्रसाद यादवलाई सीबिआई अदालतले ‘चारा घोटाला’ नामले चिनिएको सरकारी ढुकुटीको दुरुपयोग मामिलामा साढे तीन वर्षको कैद सजाय र पाँच लाख रुपैयाँ जरिवाना गरेको छ।

गत साता करिब ८५ लाख रुपैयाँको भष्ट्रचार सम्बन्धी मुद्धामा सीबिआई कोर्टले दोषी ठहर गरेको थियो र त्यसै अपराधमा शनिबार सजाय तोकिएको हो।

झारखन्ड प्रान्तको राजधानी राँचीस्थित विर्सामुन्डा जेलमा रहेका यादबले भिडियो कन्फेरेन्समार्फत अदालती कारबाही तथा आफुलाई दिईएको सजायबारे जानकारी लिएका थिए।

अदालती निर्णयलगत्तै उनका छोरा तथा राष्ट्रिय जनता दलका नेता तेजस्वी यादबले फैसलाको अध्ययन गरि पट्ना उच्च न्यायलयमा पुनरावेदनमा जाने घोषणा गरेका छन्।

साथै उनले आफ्ना पिताको जमानतका लागि पनि उच्च न्यायलयमा निवेदन दिने बताए। करिब २० वर्ष पुरानो चारा घोटाला कान्डमा एक अभियोगमा यादबलाई पहिले नै दोषी ठहर गरिएको थियो भने दोस्रोमा गत साता ।

अभियोग पत्र दाखिल भएपछि मुख्यमन्त्रीको पदबाट राजिनामा दिएका यादब दोषी ठहर भएपछि निर्वाचन उठ्नबाट बञ्‍चित भएका थिए।

यो पनि हेर्नुहोस्:

लालुले मालीको काम गर्ने, दैनिक ज्याला १४९

लालु यादव: कैदी नम्बर ३३५१

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?