
काठमाडौं- वायु प्रदूषणले उग्र रुप लिएपछि न्यूनीकरणका लागि राजधानीमा प्रदूषणविरुद्ध र्याली निकालिएको छ।
शनिबार डा. भगवान कोइराला, कलाकार निर्मल शर्मा ‘गैंडा’, वातावरणविद्, विभिन्न विद्यालयका विद्यार्थी लगायतले प्रज्ञा भवनमा भेला भएर नक्सालको नारायणचौरसम्म र्याली निकालेका हुन्।
र्यालीमा सहभागीहरुमध्ये कोहीले मास्क लगाएका थिए भने कोहीले जनचेतनामुलक नारा लेखिएका प्लेकार्ड बोकेर सहभागी भएका थिए।
प्लेकार्डमा काठमाडौंको धुँवामा, जीवन नै जुवामा, हामी सबै मिलिकन प्रदूषण रोकौं, एउटा रुख काटेपछि अरु दुईटा रुख रोपौं, केहीको गैरजिम्मेवारी सबैलाई धुवाँधुलोको भारी, सरकार ! म स्वच्छ हावामा सास फेर्न चाहन्छु लगायतका नारा लेखिएको थियो।
यो पनि हेर्नुहोस्: