राष्ट्रिय ह्याण्डबल उपाधि पुरुषतर्फ पश्चिमाञ्चल र महिलातर्फ एपिएफलाई

राष्ट्रिय ह्याण्डबल उपाधि पुरुषतर्फ पश्चिमाञ्चल र महिलातर्फ एपिएफलाई
+
-

पोखरा- पोखरामा शनिबार सम्पन्न भएको राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको पुरुषतर्फ घरेलु टिम पश्चिमाञ्चलले उपाधि हात पारेको छ भने महिलातर्फ विभागीय टीम सशस्त्र प्रहरी बलले उपाधि हात पारेको छ।

१८ औं पुरुष ह्याण्डबल प्रतियोगिताको फाइनल खेलमा घरेलु टिम पश्चिमाञ्चलले नेपाल आर्मीको टिमलाई २९–२५ को गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो।

राष्ट्रिय खेलाडी बिशाल बस्नेतको कप्तानीमा मैदानमा उत्रिएको पश्चिमाञ्चलले घरेलु मैदानमा दर्शकहरुको साथ पाउँदा ४ गोल अन्तरले जित हासिल गर्न सफल भयो।

प्रतियोगितामा उत्कृष्ट खेलाडी पश्चिमाञ्चलका हेमन्त थापा घोषित भए।

त्यसैगरी पुरुषतर्फ तेश्रो स्थानको लागि भएको खेलेमा विभागिय टोली एपिएफले मध्यमाञ्चल विकास क्षेत्रलाई ६३–२९ को फराकिलो गोल अन्तरले पराजित गर्‍यो।

प्रतियोगितामा नेपाल आर्मी अनुशासित टिम घोषित भएको छ। प्रतियोगितामा एपिएफका दिपकसिंह बोहराले सेमिफाइनल र तेस्रो स्थानको लागि भएको खेलमा गरी ४८ गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि पाए।

शनिबार पोखरा रंगशालामा सम्पन्न भएको ९ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगितातर्फको फाइनल खेलमा एपीएफले अर्को विभागीय टोली नेपाल आर्मीलाई २४–१५ को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।

महिलातर्फ तेस्रो स्थानको लागि भएको खेलमा पूर्वाञ्चल विकास क्षेत्रले घरेलु टिम पश्चिमाञ्चललाई ४ गोल अन्तरले पराजित गर्दै तेस्रो भयो।

पूर्वाञ्चलले पश्चिमाञ्चललाई १८–१४ को गोल अन्तरले पराजित गरेको हो। विजेताले जनही ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेेले जनही १० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

दुई विभागीयसहित ७ टिम सहभागी भएको प्रतियोगितामा मध्यपश्चिमाञ्चल विकास क्षेत्र अनुशासित टीम घोषित भएको छ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी एपिएफकी उमा राई घोषित भइन्। उनले फाइनल खेलमा ८ गोलको योगदान दिइन्।

प्रतियोगिताको सेमिफाइनल र फाइनलमा गरी २८ गोल गरेकी आर्मीकी खेलाडी शान्तिकला राईले सर्वाधिक गोल कर्ताको उपाधि जितिन्।

विराटनगरमा भएको सातौैं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुषतर्फ आर्मी र महिलातर्फ एपिएफले उपाधि जितेका थिए।

नेपाल ह्याण्डबल संघको तत्वाधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना र हङकङ ब्युटी इन्स्टिच्यूट प्रालिको मुख्य प्रायोजनमा पुस १९ गतेबाट उक्त प्रतियोगिता पोखरामा सञ्चालन भएको संघका सचिव केशव पाठकले बताए।

विजयी खेलाडीहरुको टिमलाई प्रतिनिधि सभा सदस्य रविन्द्र अधिकारी, नेपाल ह्याण्डबल संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका सदस्य तेज गुरुङ, संघका वरिष्ठ उपाध्यक्ष रामकृष्ण केसी, संघ कास्कीका अध्यक्ष क्याप्टेन जगबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए। उक्त प्रतियोगिताको फाइनल खेल हेर्न दर्शकहरु हालसम्मकै उल्लेखनीय रुपमा सहभागी रहेको संघले दाबी गरेको छ।

यो पनि हेर्नुहोस्:

ह्याण्डबल फाइनलमा पश्चिमाञ्चल र आर्मी!

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?