विराटनगर- मोरङ जिल्ला फुटबल संघको नयाँ नेतृत्वका लागि सरगर्मी बढ्दै गएको छ।
माघ ४ गते लेटाङ नगरपालिकामा हुने निर्वाचनका लागि संघले तयारी सुरु गरेको छ। २०५२ सालमा स्थापित संघको सातौं अध्यक्ष पदका लागि दिपेन्द्र धिमाल, किरण गिरी, विमल राजभण्डारी र दिपक श्रेष्ठले उम्मेद्वारी दिने बताइएको छ। मोरङ जिल्लामा ए डिभिजनको कुल १४ वटा क्लब छ। ७ वटा महानगरपालिकाभित्र र ७ वटा महानगरपालिकाबाहिर। निर्वाचनमा पनि यही १४ वटा भोटले नै नयाँ नेतृत्वको छिनोफानो गर्नेछ।
संघको पहिलो अध्यक्ष सन्तोष बानियाँका अनुसार चारै जनाबाट अध्यक्षका लागि पहल र लबिङ सुरु हुन थालिसकेको छ। बानियाँ आफैँ पनि अखिल नेपाल फुटबल संघको मानार्थ उपाध्यक्ष रहिसकेका छन्। वर्तमान अध्यक्ष धिमाल आफ्नो कार्यकाललाई ह्याट्रिक बनाउने धुनमा छन्।

विमल राजभण्डारी।

दीपेन्द्र धिमाल।
निर्वाचनका क्रममा एन्फाले पठाउने निर्देशिकामा कार्यकालको समयसीमा नतोकिएकाले आफू तेस्रोपटक उम्मेद्वारी दिन तयार भएको धिमाल बताउँछन्।
आफ्नो दुई कार्यकालमा एन्फाको क्यालेण्डरको प्रतियोगिताहरु सफलतापूर्वक आयोजना गरेको र मोरङबाट राष्ट्रियस्तरका खेलाडीहरु उत्पादन गराउन आफू सफल रहेको धिमालको दाबी छ। लोकतान्त्रिक धारमा झुकाव राख्दै आएका धिमालले फुटबललाई रोजेर आफू अघि बढेको र अन्य पदाधिकारी, शुभचिन्तकहरुको साथ पाउने विश्वास लिएका छन्। उर्लाबारीका धिमाल २०६४ सालदेखि अध्यक्ष छन्।
अध्यक्ष पदमा माओवादी केन्द्रका किरण गिरीले पनि दाबेदारी प्रस्तुत गरेका छन्। नेपाल फुटबल रेफ्री संघको दुई कार्यकाल महासचिव पदको जिम्मेवारी वहन गरिसकेका बिराटनगरका गिरीले भने फुटबलको विकासमा विगतमा भएका काम अर्थहीन रहेको आरोप लगाएका छन्। विगतमा भएका कमीकमजोरी सच्याउन आफूले उम्मेदवारी दिने र मोरङको फुटबललाई ग्रासरुटबाट नै विकास गर्ने गिरीको भनाइ छ।
सम्राट स्पोर्टिङ क्लबका अध्यक्ष समेत रहेका गिरी विगतमा यस जिल्लामा क्यालेण्डर र विद्यालयस्तरीय प्रतियोगिता बाहेक फुटबलका अन्य गतिविधि हुन नसक्नु दुर्भाग्य भएको बताउँछन्।
गिरीमाथि पनि केही वर्षअघि सम्पन्न राष्टिय लिगमा मोरङका खेलाडी तथा पदाधिकारीलाई कार्वाही गर्न सिफारिस गरेको आरोप लाग्दै आएको छ।
लक्ष्मीमार्गमा मोरङ र थ्री स्टारबीच होम गेममा रेफ्री सुदिश पाण्डेमाथि दुर्व्यवहार भएको आरोपमा मोरङका तीन खेलाडी, प्रशिक्षक पारस

किरण गिरी।
दीपक श्रेष्ठ।
चौधरी, सहायक प्रशिक्षक मनिष तिम्सिना र टीम म्यानेजर चुमन बस्नेतमाथि डेढ देखि दुई वर्षसम्म खेलमैदानबाट बाहिर रहने गरी निलम्बन गरिएको थियो ।
यसैगरी अध्यक्षको यस दौडमा विमल राजभण्डारी र दिपक श्रेष्ठ पनि छन्। राजभण्डारी हाल संघमा महासचिव छन् भने श्रेष्ठ उपाध्यक्ष हुन्। श्रेष्ठ विराटनगरकै युनाइटेड क्लबका पूर्वअध्यक्ष पनि हुन्।
५२ सालमा स्थापित यस संघमा सन्तोष बानियाँले दुई कार्यकाल अध्यक्ष पदको जिम्मेवारी सम्हालिसकेका छन्। त्यसैगरी प्रदीप भगत र किशोर तिम्सिना समान एकपटक अध्यक्ष भएका छन्।
रुपन्देही जिल्ला फुटबल संघको निर्वाचनका क्रममा भएको घटनाप्रति सजग जिल्लाका पदाधिकारी, केन्द्र भन्दा पनि जिल्लालाई फुटबल उर्वरभूमि बनाउन सक्षम व्यक्तिलाई चयन गर्नेतर्फ उन्मुख रहेको बताउँछन्। रुपन्देही घटनामा निलम्बनमा रहेका एन्फाका पूर्वअध्यक्ष गणेश थापाले पदाधिकारीलाई फोनबाट निर्वाचित अध्यक्ष दीर्घबहादुर केसी कुमारलाई हराउन चेतावनी दिएका थिए। एन्फाको ४५ वटा जिल्लाले माघ ५ गतेसम्ममा जिल्ला निर्वाचन सम्पन्न गर्नुपर्ने छ। त्यसैगरी केन्द्रको निर्वाचन चैतको तेस्रो साता हुनेछ।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































