
वासिङ्टन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बिहानै ट्वीटर सन्देशमा आफू ‘एकदम स्थिर क्षमतावान् स्वभाव’को मानिस भएको जिकिर गरेका छन्।
एउटा विवादास्पद पुस्तकका लेखक ह्वाइट हाउसका कर्मचारीले ट्रम्पलाई ‘केटाकेटी जस्तो’ हेर्ने गरेको बताएपछि यसबारे प्रतिक्रिया जनाउँदै राष्ट्रपतिको यो भनाइ आएको हो।
माइकल वुल्फले ‘फायर एण्ड फ्युरीः इन्साइड दि ट्रम्प ह्वाइट हाउस’ शीर्षकको आफ्नो पुस्तक करिब २०० वटा अन्तर्वार्तामा आधारित रहेको बताउँदै पुस्तकमा ट्रम्पलाई ‘केटाकेटी जस्तो’ भनी चित्रण गरेको भनी विभिन्न सञ्चारमाध्यमले लेखेका छन् ।
राष्ट्रपति ट्रम्पले बिहानै लगातार ट्वीटरमार्फत भनेका छन्, ‘मेरो जीवनभर मेरा सबैभन्दा महत्वपूर्ण दुई सम्पत्ति भनेका नै ‘बौद्धिकता’ र ‘क्षमता’ हुन्।’
आफूमाथि हिलारी क्लिन्टनले पनि पटक पटक वुल्फले जस्तै विशेषण लगाएर आरोपित गर्ने गरेको तर अहिले ती सबै अन्त्य भइसकेका ट्रम्पको दाबी छ ।
….Actually, throughout my life, my two greatest assets have been mental stability and being, like, really smart. Crooked Hillary Clinton also played these cards very hard and, as everyone knows, went down in flames. I went from VERY successful businessman, to top T.V. Star…..
— Donald J. Trump (@realDonaldTrump) January 6, 2018
उनले भने, ‘म एक सफल व्यवसायी, वरिष्ठ टेलिभिजन स्टार हुँदै एकैपटकमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित बन्न सफल व्यक्ति हुँ।’ ‘मेरो विचारमा यसले मलाई बौद्धिकमात्र नभई क्षमतावान् व्यक्ति भएको पुष्टि गर्छ’, ट्रम्पले लेखेका छन्।
वासिङ्टनमा छोटो समयमा नै ठूलो सङ्ख्यामा बिक्री भएको पुस्तकबारे ट्रम्पले भने, ‘वुल्फको पुस्तक मैले ‘दिक्कलाग्दो र झुटो’ भएको पाएँ ।’
राष्ट्रपति ट्रम्पले आफूलाई चोट पु¥याउन सञ्चारमाध्यम र अरूले उक्त पुस्तकलाई अघि बढाएको दाबी गरेका छन्।