
एजेन्सी-साउदी अरेबियाको प्रहरीले ११ जना शाहजादालार्इ पक्राउ गरेको छ। दरवारभित्रै प्रदर्शन गरेको आरोपमा उनीहरुलार्इ पक्राउ गरिएको हो।
सरकार निकटस्थ शबक अनलाइन समाचार संस्थाले शनिबार यस्तो खुलासा गरेको हो।
साउदी राजा सलमानले सरकारलाई शाहजादाहरुको पानी र विद्युत्को बिल सरकारले तिरिदिनुपर्ने उनीहरुको माग थियो।
हाल सरकारले शाही परिवारका आफन्तले बिजुली र पानीको शुल्क आफै तिर्न आदेश दिएको थियो।
त्यसको विरोधमा उनीहरुले दरवारभित्रै प्रदर्शन गरेका थिए।
यसैगरी उनीहरुले गत वर्ष हत्या अभियोगमा मृत्युदण्ड दिइएका शाही आफन्तलार्इ क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आएका थिए।
उनीहरूको सुनुवाइ विचाराधीन अवस्थामा राखी तत्काल जेलमा पठाइएको छ। उनीहरुलार्इ रियादस्थित जेलमा राखिएको छ।
उक्त जेलमा आतकवादी र गम्भीर खालका अपराधीलार्इ राखिन्छ।
यो पनि हेर्नुहोस्: