लालुले मालीको काम गर्ने, दैनिक ज्याला १४९

लालुले मालीको काम गर्ने, दैनिक ज्याला १४९
+
-

राँची-चारा घोटामा साढे तीन वर्षको सजाय पाएका लालुप्रसाद यादवले मालीको काम गर्ने भएका छन्।

राँचीको बिरसा मुण्डा जेलमा लालुले उक्त काम गर्ने भएका हुन् । त्यसबापत उनले करिब १४९ नेपाली रुपैयाँ (९३ भारु) पाउनेछन् । कुनै बेला बिहारका शक्तिशाली मुख्यमन्त्री रहेका लालुले दिनभर फूलमा पानी हाल्ने र गोडमेल गर्नेछन् ।

उनले जमानत पाउनुपर्ने माग राष्ट्रिय जनता दल (राजद)ले गर्दै आएको छ। त्यसका लागि राजदले उच्च अदालत जाने बताएको छ।

तीन वर्षसम्मको सजाय सुनाइएको भए त्यसविरुद्ध विशेष अदालतमा पुनरावेदन गर्न पाइन्छ भने लाल्लाई साढे तीन वर्षको सजाय सुनाएकाले उच्च अदालत जानुको विकल्प छैन।

चारा घोटामा सजाय सुनाइएपछि लालुले ट्विटमार्फत नरेन्द्र मोदीको सरकारमाथि दोष लगाएका थिए। उनले त्यहाँ एउटा पत्र पनि पोस्ट गरेका छन्। उनले भनेका छन्, ‘मैले तानाशाही सत्तालाई साथ दिइनँ, त्यसैले मेरा पछि विषालु तत्व लागिपरे र मलाई सजाय दिइयो।’

९ अर्ब ५० करोड भारतीय रुपैयाँको चारा घोटालामा फर्जी फार्म खडा गरी उनले भ्रष्टाचार गरेका थिए । यसअघि उनले चाइबासा कोषागार दाना घोटालामा सजाय पाएका थिए ।

यो पनि हेर्नुहोस्:

लालुलाई साढे तीन वर्ष कैद

लालु यादव: कैदी नम्बर ३३५१

बिहारका पूर्वमुख्यमन्त्री लालु यादव भ्रष्टाचार प्रकरणमा जेल (भिडियोसहित)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?