पार्कमा सिटी हल निर्माणमा नगरपालिका पछि हट्यो

पार्कमा सिटी हल निर्माणमा नगरपालिका पछि हट्यो
+
-

नेपालगञ्‍ज-नयाँ मान्छे नेपालगञ्‍ज आउँदा घुम्‍न जाने ठाउँ हो, महेन्द्रपार्क। विभिन्‍न प्रजातीका चरा, कृष्णासारलगायतका जनावर राखिएको पार्कमा बाहिरीमात्रै होइन, दैनिक सयौं जना आन्तरिक पर्यटक घुम्‍न निस्किन्छन्।

पञ्‍चायतकालमा रजत जयन्ती पार्कको रुपमा रहेको महेन्द्रपार्कलाई २०५५ सालपछि चराचुरुङ्गी, जनावर राखेर पर्यटकीयस्थलको रुपमा विकसित गरिएको थियो। नेपालगञ्‍ज उपमहानगरपालिकाले कहिले ठेक्का दिएर त कहिले आफैले पार्कको व्यवस्थापन गर्दै आएको छ।

पार्कलाई व्यवस्थित गर्ने, अरु नयाँ नयाँ पर्यटकीय स्थलहरु बनाउने चर्चा परिचर्चा भइरहेका बेलामा एकाएक महेन्द्र पार्कमा सिटी हल निर्माण गर्ने कुरा आएको छ। नेपालगञ्‍ज उपमहानगरपालिकाको स्वीकृतिमा शहरी विकास तथा भवन डिभिजन कार्यालयले माटो परीक्षण गरिसकेको छ। सिटी हलको डिजाइन बनाउने काम भइरहेको छ।

भवन डिभिजन कार्यालयका इन्जिनियर होमनाथ भूसालका अनुसार, नेपालगञ्जमा सिटी हल निर्माणका लागि ४० लाख रुपैया आएको छ। नगरपालिकाले जग्गा उपलब्ध नगराउदा वर्षेनी सिटीहलका लागि रकम आउदै फर्किने गरेको थियो। यसपटक चाहि महेन्द्रपार्कमा सिटी हल बनाउन दिने भनिएपछि तीन ठाउँमा १९ मिटर तलको माटो निकालेर काठमाडौं लगिएको छ । युनिक कन्सलटेन्सीका सुपरभाइजर सतनदास कथबनियाको नेतृत्वमा रहेको पाँच जना कर्मचारीले माटो परीक्षण गरेर गएका छन्।

महेन्द्रपार्कलाई मासेर सिटी हल बनाउन थालेको भन्दै स्थानीय केहीले चर्को विरोध गरेपछि नेपालगञ्ज उपमहानगरपालिका निर्णयबाट पछि हटेको बुझिएको छ। उपमेयर उमा थापामगरले महेन्द्र पार्कमा सिटी हल बनाउन नदिने निर्णयमा पुगेको बताइन्।

‘सिटी हलका लागि माटो परीक्षणसम्म गर्न स्वीकृत दिएका थियौं, अब सिटी हल नै बनाउन चाहि दिदैनौ, उपमेयर थापाले भनिन्, स्थानीयबाट चर्को विरोध आएकाले पछि हटेका छौं।’ नगरपालिकाले यसबारेमा निर्णय भने गरिसकेको छैन। उपमेयर थापाका अनुसार, मेयर डा. धवल शमशेर राणासमेत महेन्द्रपार्कमा सिटी हल नबनाउने मनस्थितिमा पुगेका छन्।

उपमेयरले यसो भनिरहदा भवन डिभिजन कार्यालयले पार्कमा सिटीहल बनाउन यो वर्ष टेण्डरसम्म निकाल्ने तयारी गरिरहेको छ। ‘यो वर्ष टेण्डरसम्म निकाल्न सकियो भने अरु काम हुँदै गर्छ, इन्जिनियर भूसालले भने । उपमहानगरपालिकाले पार्कमा सिटी हल बनाउन नदिने भन्‍ने कुरा चाहि भवन डिभिजन कार्यालयलाई थाहा छैन। ऊ सिटीहल निर्माणका लागि अगाडि बढिरहेको छ।

नेपालगञ्जमा सिटी हल अत्यावश्यक रहेको छ। नेपालगञ्‍ज उद्योग बाणिज्य संघको अगुवाईमा कारकादोस्थित सडक डिभिजन कार्यालयको परिसरमा बहुउद्देश्यीय सिटी हल बनाउने योजना पनि लम्बिदै गएको छ। महेन्द्रपार्क नै मासेर सिटी हल बनाउनु चाहि कतिपयले मुनासिफ देखेका छैनन्। पार्कमा आठ सय जना अट्ने सिटी हलको परिकल्पना गरिएको छ। पार्कको पूर्वीछेउबाट भवन बनाउने तयारी भइरहेको भवन डिभिजन कार्यालयले जनाएको छ।

यो पनि हेर्नुहोस्:

गाउँपालिकाको लगानीमा बसपार्क

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?