
इस्लामाबाद-पूर्वक्रिकेटर एवं पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खानले तेस्रो विवाहका लागि बुसरा मनेकासमक्ष प्रस्ताव राखेका छन्।
बुसराबाट सकारात्मक जवाफको अपेक्षा गरेको खानका प्रवक्ताले जनाएका छन् । बुसरा पाकपट्टनकी सम्मानित पीर हुन् र उनलाई पिङ्कीको नामबाट पनि चिनिन्छ। आध्यात्मिक उपचार गर्ने व्यक्तिलाई पीर भनिन्छ।
पाकिस्तानी सञ्चारमाध्यमले स्रोतलाई उद्धृत गर्दै बुसरासँग अन्तिम निर्णयका लागि समय मागेको र उनले आफ्नो परिवार र सन्ततिसँग सुझाव लिन चाहेको जानकारी दिएका छन् ।
पाँच सन्तानकी आमा ४० वर्षीया बुसराको पहिलो बिहे इस्लामाबाद वरिष्ठ अध्यागमन अधिकारीसँग भएको थियो। इमरानका प्रवक्ताले नितान्त निजी र संवेदनशील विषयलाई बढाइचढाइ गरी पेश गरेको बताएका छन् । बुसरा इमरान जस्तो सार्वजनिक व्यक्तित्व नभएकाले यस्ता खबरले उनलाई दबाब पर्ने बताइएको छ।
पार्टीले भनेको छ, ‘यदि बुसराले इमरानको प्रस्ताव स्वीकार गरेमा यसलाई इमरानले सार्वजनिक गर्नुहुनेछ।’ केही दिनदेखि बुसरा र इमरानबीच जनवरी १ तारिखमा लाहोरमा गोप्य तरिकाले बिहे गरेका समाचार सार्वजनिक भएका थिए ।
इमरानको पहिलो बिहे बेलायती मूलकी जेमिमासँग भएको थियो्। सन् २००४ मा उनीहरूले आपसी सहमतिमा सम्बन्ध विच्छेद गरेमका थिए इमरानको दोस्रो विवाह टेलिभिजन प्रस्ताता रेहम खानसँग भएको थियो । १० महिनामै रेहमसँगको सम्बन्ध पनि टुंगिएको थियो।