काठमाडौं- भिएलसिसी हेल्थ केयर सेन्टरले कार्यालय स्तानान्तरण गरेको अवसरमा विशेष छुटको घोषणा गरेको छ। लाजिम्पाटमा रहेको भिलसिसी सेन्टरको कार्यालय विशालनगर भाटभटेनी सारिएको छ।
कम्पनीले माघ महिनाभर स्लिमिङ सम्बन्धी सेवामा ५० प्रतिशत र ब्युटी सम्बन्धी सेवामा २५ प्रतिशत छुट दिने घोषणा गरेको हो।
भिएलसिसी हेल्थकेयरले सौन्दर्य, स्वास्थ्य तथा फिटनेस लगायतका सेवामा छुटका घोषणा गरेको हो।
भिएलसीसीको सेवा लिँदै आएकी ९४ वर्षीय आबनोर्वु शेर्पाले नयाँ कार्यालयको उद्घाटन गरेकी थिइन्।
करिब एक दशकदेखि स्वास्थ्य, सौन्दर्य र फिटनेस लगायतका क्षेत्रमा सेवा प्रदान गरिरहेको भिएलसिसी हेल्थकेयर सेन्टरले पौष २१ गतेदेखि विशालनगर भाटभटेनीबाट सेवा प्रदान सुरु गरेको हो।
भिएलसिसी दशकौं देखि भारतमा स्थापित ब्राण्ड भएको कम्पनीले जनाएको छ। भिएलसिसि सेन्टर आफू भिएलसिसी इण्डियाको नेपालमा रहेको एक मात्र आधिकारिक कम्पनी बताएको छ। कम्पनीले भाटभटेनीमा साताको सातै दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सेवा प्रदान गर्ने जानकारी दिएको छ।
यो पनी हेर्नुहोस्: