७ वर्षीय बालकको शव दुई दिनपछि आफन्तलेे बुझे

+
-

नेपालगञ्ज– दुई दिनदेखि अस्पतालमा रहेको बालकको शव बल्ल आइतबार आफन्तले बुझेका छन्।

से १ ख १२७७ नम्बरको ट्रकको ठक्करबाट मृत्यु भएका ७ वर्षका विजेन रानाको शव आइतबार अपरान्ह आफन्तले बुझेका हुन्। आफन्त र ट्रक समितिका बीचमा सहमति भएपछि शव उठाइएको हो।

एक लाख क्रियाखर्चसहित ६ लाख रुपैयाँ दिने सहमति भएपछि आफन्तले शव उठाएका हुन्। शुक्रबार बिहान स्कुल जाने क्रममा ट्रकको ठक्करबाट बालकको मृत्यु भएको थियो।

बालकको मृत्यु भएपछि दिनभरि शव नउठाएर आन्दोलन गरेका आफन्तीले त्यसपछि शवलाई कोहलपुर शिक्षण अस्पतालमा राखेर आन्दोलन गरेका थिए। आइतबार पाँच बजे कुरा मिलेकाले आफन्तले सोमबार पोष्टमार्टम गरेर शव लैजाने बताएका छन्।

१५ लाखबाट शुरु भएको क्षतिपूर्ति ६ लाख रुपैयाँमा आएर कुरा मिलेको मध्यस्थताकर्ताहरुले बताए।

 

यो पनी हेर्नुहोस्: 

गाडीको ठक्करले दुई स्कुले बालकको मृत्यु भएपछि कोहलपुर आन्दोलित

ट्रकको ठक्करले स्कुल जाँदै गरेका बालकको मृत्यु, पूर्वपश्चिम राजमार्ग बन्द

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?