खप्तड गोल्डकपमा धरानलाई हराउँदै संकटा क्वाटरफाइनलमा

खप्तड गोल्डकपमा धरानलाई हराउँदै संकटा क्वाटरफाइनलमा
+
-

धनगढी- धरान फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै सिएमजी संकटा धनगढीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रित नेपाल आइस सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ।

धनगढी रंगशालामा आइतबार भएको खेलमा काठमाडौँको संकटाले धरान फुटबल क्लब धरानलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै अन्तिम आठमा पुगेको हो।

पहिलो हाफको २६ औं मिनेटमा धरानले पाएको पेनाल्टी खेर फालेको थियो। धरानका लागि प्रकाश बुढाथोकीको पेनाल्टी प्रहारलाई संकटाका गोलरक्षक विनय श्रेष्ठले रोके।

निर्धारित समयमा कुनै गोल नभएपछि भएको पेनाल्टी सुटआउटमा ५/५ जनाको प्रहारमा दुवै टीमले ३/३ गोल गरेका थिए। पछि थप भएका २/२ वटा पेनाल्टी प्रहारमा संकटाले दुवैलाई गोलमा परिणत गर्‍यो भने धरानले एकलाई गोल गर्दा अर्को प्रहारलाई संकटाका गोलरक्षक विनय श्रेष्ठले बचाए।

दुई गोल रोकेर टिमलाई जिताएका उनले म्यान अफ द म्याच हुँदै नगद १० हजार हात पारे।

पेनाल्टी सुटआउटमा संकटाका अनिल गुरुङ, विश्व अधिकारी, सरोज दाहाल, सुजित थापा, अभिशेष रिजालले गोल गर्दा सुशील लामा र भुस सुव्वाको प्रहार धरानका गोलरक्षक रोशन खड्काले बचाए।

धरानका लागि वर्तमान राई रोमन लिम्वु सुरज विक प्रकाश बुढाथोकीले पेनाल्टी प्रहारलाई गोल गर्दा सन्जय राई र रोशन खड्काको प्रहार गोल हुन सकेन।

प्रतियोगिता अन्तर्गत सोमवार १४ महिनापछि फुटवलमा फर्किँदै गरेको थ्रीस्टार क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको विजेतालाई ११ लाख ११ हजार १ सय ११, उपविजेतालाई पाँच लाख ५५ हजार ५ सय ५५ ट्रफी मेडल सहितको पुरस्कार प्रदान गरिने छ।

यो पनी हेर्नुहोस्: 

खप्तड गोल्डकपमा एपीएफ क्वार्टरफाइनलमा

खप्तड गोल्डकप: आयोजक टिमको विजयी सुरुवात

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?