धनगढी-प्रदेश नम्बर -७ को राजधानी माग्दै दिपायलमा पाँच दिनदेखि आन्दोलन जारी रहेका बेला कांग्रेसका प्रभावसाली नेता रमेश लेखकले भने राजधानी महेन्द्रनगरमा हुनुपर्ने बताएका छन्।
राजधानीका लागि दिपायल, अत्तरिया र धनगढीका बासिन्दाले आ-आफ्नै दावीसहित आक्रोस व्यक्त गरिरहँदा पुर्वमन्त्री समेत रहेका कांग्रेस केन्द्रिय सदस्य लेखकले भने प्रदेश ७ को राजधानी महेन्द्रनगरमा उपयुक्त हुने धारणा व्यक्त गरेका हुन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति लेखेका छन्, ‘ उद्योग, वाणिज्य, पर्यटकीय विकासको दृष्टिकोण र वातावरणीय अनुकूलताका कारण कञ्चनपुरको महेन्द्रनगर सबै भन्दा उपयुक्त हुन्छ।’
साथै उनले कञ्चनपुरलाई त्रिदेशीय नाकाको रुपमा विकाश गर्ने एजेण्डा भएकाले कञ्चनपुर राजधानी हुँदा थप बल पुग्नेमा जोड दिएका छन्।
यो पनी हेर्नुहोस्:

भर्खरै
लोकप्रिय






































































































































































































