१४ महिनापछि फुटबलमा फर्कियो थ्री स्टार

१४ महिनापछि फुटबलमा फर्कियो थ्री स्टार
+
-

धनगढी-स्टाईगर बिमल घर्ती मगरलाई भित्राएको नेपालको चर्चित फुटबल क्ल्व थ्री स्टार १४ महिनापछि धनगढी रंगशालाबाट फुटबलमा फर्किएको छ।

एन्फासँगको विवादका कारण थ्री स्टारले १४ महिनासम्म कुनै पनि प्रतियोगितामा सहभागीता जनाएको थिएन।

सोमबार धनगढीको क्षेत्रीय रंगशालामा खप्तड गोल्डकप खेल्दै थ्री स्टार फुटबलमा पुनरागमन भएको हो।

नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनल प्रवेशका लागि थ्री स्टारले पूर्वी नेपालको रमपम झापा ११ सँग प्रतिस्पर्धा गर्दैछ। सुखद नतिजाको लक्ष्य सहित मैदान उत्रिएको क्लवका प्रशिक्षक मेघराज केसीले बताए।

अखिल नेपाल फुटबल संघ (एन्फा) का कारण एएफसी कपको दोस्रो चरण खेल्न नपाएपछि थ्री स्टारले क्षतिपुर्ति नपाएसम्म फुटबल नखेल्ने घोषणा गरेको थियो।

अहिले एन्फाले डेढ करोड क्षतिपूर्ति दिने निर्णय गरेपछि थ्री स्टार फुटवलमा फर्किएको प्रशिक्षक केसीले बताए।

थ्री स्टार बिक्रम लामाको कप्तानीमा खप्तड गोल्डकप खेल्दैछ। विमल घर्तीमगर र अनन्त तामाङ क्लवमा भित्रिएपछि थ्री स्टार अझ बलियो भएको आंकलन गरिएको छ।

यो पनी हेर्नुहोस्: 

खप्तड गोल्डकपमा एपीएफ क्वार्टरफाइनलमा

खप्तड गोल्डकप: आयोजक टिमको विजयी सुरुवात

खप्तड गोल्डकपमा धरानलाई हराउँदै संकटा क्वाटरफाइनलमा

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’