
काठमाडौं-सेयर बजार बढ्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ। साताको पहिलो दिन ८ अंकले बढेको नेप्से परिसूचक सोमबार दोहोरो अंकले बढेको हो।
साताको दोश्रो कारोबार दिन नेप्से परिसूचक १२ अंकले बढ्दा १४४३.८ अंकमा पुगेको छ।
आइतबार ३६ करोड १६ लाख रुपैयाँको सेयर खरिद बिक्रि भएकोमा सोमबार ४६ करोड ४६ लाख रूपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ।
सोमबार पनि नेपाल लाईफ इन्स्योरेन्स सबैभन्दा बढी रकमको कारोबार गर्ने कम्पनी बन्यो। नेपाल लाईफको ८ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।
दोहोरो अंकले बजार उकालो लाग्दा पनि एनआईबिएल प्रगति फण्डको मूल्य ५।५ प्रतिशतले घटेको छ।
सबैभन्दा बढी बढ्ने कम्पनीको सूचीमा मल्टीपर्पोज फाइनान्स रह्यो। केही दिनदेखि मल्टिपर्पोजको मूल्य निरन्तर वढीरहेको छ।
सोमबार मल्टीपर्पोजको मूल्य करिब १० प्रतिशतले बढेको हो। बजार उकालो लागे सँगै होटल बाहेक उपसूचकहरु उकालो लागेका छन्।
होटल उपसूचक १७.३७ अंकले ओरालो लागेको छ। सोमबार दिनभरमा १५७ कम्पनीको ८ लाख ५५ हजार १३९ कित्ता सेयर खरिद बिक्रि भएको छन्।
यो पनी हेर्नुहोस्: