डा. गोविन्द केसी पक्राउ, भने- जहाँ लान्छन्, त्यहीँ अनशन बस्छु

डा. गोविन्द केसी पक्राउ, भने- जहाँ लान्छन्, त्यहीँ अनशन बस्छु
+
-

न्यायालयबिरुद्ध आन्दोलनरत डा. गोविन्द केसीलाई प्रहरीले सोमबार साँझ टिचिङ अस्पताल परिसरबाट पक्राउ गरेको छ। उनलाई  सिंहदरबार प्रहरीमा लगिएको छ।

सर्वोच्च अदालतको निर्देशनपछि डा. गोविन्द केसीलाई पक्रन एसपी रामदत्त जोशीसहितको टोली टिचिङ अस्पताल पुगेको थियो।

पक्राउ हुनुअघि उनले अदालतमा भ्रष्टाचारी न्यायाधीश भएको आरोप लगाउँदै आफू अदालत नजाने बताएका छन्।

सर्वोच्चले उनलाई पक्रेर मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन निर्देशन दिएपछि टिचिङ अस्पताल पुगेका सञ्चारकर्मीसँग उनले भने, ‘मलाई प्रहरीले समातेर लैजान्छ भने लगोस्, मलाई समातेर जहाँ लान्छ, त्यहीँ म अनशन जारी राख्छु।’

उनले थपे, ‘म नागरिकको हैसियतले भ्रष्टाचारबिरुद्ध लडेको हो र लड्छु पनि।’

सर्वोच्च अदालतमा सुशीला कार्की, कल्याण श्रेष्ठजस्ता न्यायाधीश भएको भए आफू अदालत जाने पनि डा. केसीले बताए।

आफूलाई पक्रन दिइएको पूर्जी देखाउँदै डा. गोविन्द केसी। तस्बिर: वर्षा शाह

डा. केसीलाई पक्रन टिचिङ अस्पताल पुगेको एसपी रामदत्त जोशीसहितको टोली। तस्बिर: वर्षा शाह

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?