खप्तड गोल्डकप- थ्री स्टारको उत्कृष्ट पुनरागमन

खप्तड गोल्डकप- थ्री स्टारको उत्कृष्ट पुनरागमन
+
-

धनगढी- १४ महिनापछि फुटबलमा फर्किएको थ्री स्टार क्लबले धनगढीमा जारी खप्तड गोल्डकपबाट उत्कृष्ट पुनरागमन गरेको छ।

सोमबार भएको खेलमा झापा ११ लाई ३–१ ले हराउँदै थ्री स्टारले उत्कृष्ट पुनरागमन गरेको हो। जितसँगै थ्री स्टारले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का कारण एएफसी कपको दोस्रो चरण खेल्न नपाएपछि थ्री स्टारले क्षतिपूर्ति नपाएसम्म फुटबल नखेल्ने घोषणा गरेको थियो। १४ महिना कुनैपनि प्रतियोगितामा सहभागी नभएको थ्री स्टार एएफसी कपको क्षतिपूर्ति वापत एन्फाले १ करोड ५० लाख रुपैयाँ दिने सहमति जनाएपछि फुटबलमा फर्किएको हो।

थ्री स्टारले सन् २०१६ को नोभेम्बरपछि पहिलोपटक खेल खेलेको हो। थ्री स्टारले भारतको गुवाहाटीमा सम्पन्न ६४ औं भारत रत्न बोर्डोलोइ ट्रफी जितेपछि कुनै खेल खेलेको थिएन।

धनगढी रंगशालामा सोमबार भएको खेलमा थ्री स्टारलाई जित दिलाउन बुद्ध चेम्जोङले दुई तथा विदेशी खेलाडी मार्टिनले एक गोल गरे। झापाका कर्ण लिम्बुले एक गोल फर्काए। खेलको चारै गोल पहिलो हाफमा भएको थियो।

विमल घर्तीमगर र अनन्त तामाङलाई क्लबमा भित्र्याएर मैदान उत्रिएको थ्री स्टारका लागि तामाङले डिफेन्स लाइन सम्हाल्दा फरवार्ड विमलले भने गोल गर्न सकेनन्।

दुई गोल गरेर टिमलाई जिताएका कर्ण चेम्जोङ म्यान अफ द म्याच भए। उनले नगद १० हजार हात पारे।

जितपछि प्रतिक्रिया दिँदै थ्री स्टारका प्रशिक्षक मेघराज केसीले १४ महिनापछिको डेव्यु म्याचमा अपेक्षा अनुसारकै नतिजा आएको बताए।

झापा ११ का प्रशिक्षक प्रवेश कटुवालले भने राम्रो खेल्दाखेल्दै पनि भएका गल्तीको फाइदा उठाउँदै विपक्षीले गोल गर्दा हार व्यहोरेको बताए। प्रतियोगिता अन्तर्गत मंगलबार भुटानको ड्रुक स्टार र अग्नि रुपन्देही ११ बीच खेल हुने छ। प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११, उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन्।

 

यो पनि हेर्नुहोस्…

१४ महिनापछि फुटबलमा फर्कियो थ्री स्टार

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’