काठमाडौं- सर्वोच्च अदालतमा केसीको पक्ष र विपक्षमा बहस चलिरहँदा माइतीघरमा भने केसीका समर्थकहरुले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजिनामा माग्दै प्रदर्शन गरिरहेका छन्।
उनीहरुले नेपालको राष्ट्रिय झण्डा र प्ल्कार्डमा लेखिएका विभिन्न नारासहित प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका हुन्।
केसीका समर्थकले विहानैदेखि माइतीघर मण्डलामा प्रदर्शन गरेपछि त्यहा सुरक्षाका लागि बाक्लो प्रहरी परिचालन गरिएको छ।
यो पनि पढ्नुहोस्…
डा. केसी पक्राउको विरोधमा धनगढीमा पनि प्रदर्शन