सर्वोच्च अदालतमा डा. गोविन्द केसीको मुद्दामा बहस गर्ने वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बुधबार दिउँसो प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि आरोप लागिसकेपछि उनले एक मिनेट पनि पदमा बस्न नमिल्ने र उनले अदालतमा आएर आफूमाथि लागेको आरोपको स्पष्टीकरण दिनुपर्ने बताएका छन्।
प्रधानन्यायाधीशमाथि डा. केसीले बयानकै क्रममा लगाएका आरोपमाथि उनले अदालतमा आएर स्पष्टीकरण दिनुपर्ने अधिवक्ता भण्डारीले इजलासमा बताए।
बीस मिनेटको टी ब्रेकपछि चार नम्बर इजलासमा डा. केसीको मुद्दामा फेरि बहस सुरु भएको छ।
यो पनि पढ्नुहोस्…
प्रधानन्यायाधीशको राजिनामा माग्दै माइतीघरमा प्रदर्शन
‘न्यायको बलात्कार गर्ने प्रधानन्यायाधीशको आदेश मान्दिनँ’
डा. केसीले एसपीलाई भने, भ्रष्ट प्रधानन्यायाधीशको आदेश मानेर मलाई समात्न आउनुभयो?