
काठमाडौँ- मुटुसम्बन्धी समस्या आएपछि कान्ति बाल अस्पतालका निर्देशक डा. गणेश गुरुङ महाराजगञ्जस्थित मनमोहन कार्डियोलोजी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन्।
मंगलबार भर्ना भएका उनको एन्जियोप्लाटी गरिएको अस्पतालले जनाएको छ।
५८ वर्षीय डा. गुरुङ बालरोग विशेषज्ञ हुन् र मिजासिला चिकित्सकका रुपमा चिनिन्छन्।
२०४८ सालदेखि सरकारी सेवामा आवद्ध भएका डा. गुरुङले अधिकांश समय ग्रामीण भेगमा बिताएका छन्।
(फोटो टीकाराम ढकालको फेसबुकबाट)