
धनगढी-डोटीको दिपायलमा प्रदेश राजधानी माग्दै घोषित आमहड्ताल फिर्ता लिईएपनि अन्य आन्दोलनका कार्यक्रम भने जारी रहेका छन्।
आन्दोलनकारीरुले आमहड्ताल फिर्ता लिएपनि क्षेत्रीय प्रशासन कार्यालय अगाडी धर्ना जारी राखेका हुन्।
दिपायल राजधानी घोषणा नभएसम्म धर्ना लगायतका कार्यक्रम जारी रहने उनीहरुले बताएका छन।
यसैबीच क्षेत्रीय प्रशासन कार्यालय अगाडी धर्ना बसेकाहरुलाई स्थानिय बासिन्दाले टीका लगाएर फूलमाला पहिर्याइदिएका छन्।
धर्नामा बसेका सबैलाई स्थानीयले अबीर लगाएर माला पहिर्याएको आन्दोलनका अगुवा दीपक खड्काले जानकारी दिए।
उनले २ गतेसम्म धर्ना कार्यक्रम रहेको र अन्य आन्दोलनका कार्यक्रम त्यसपछि सार्वजनिक हुने जानकारी दिए।