
बर्षा शाह
पुस २७, २०७४

अ
+
अ
अ
-
काठमाडौं-२९६ औँ पृथ्वीजयन्तीलाई ११ वर्षको अन्तरपछि फेरि बिहीबार राष्ट्रिय एकता दिवसका रुपमा मनाइएको छ।
उक्त अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री कमल थापालगायत मन्त्रीहरुसँगै समाजका विभिन्न क्षेत्रका अगुवाहरु र राजनीतिक दलका नेताहरुले रामशाहपथमा अवस्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गरेका छन्।

