लन्डन– इङ्लिस क्लब आर्सनलले चर्चित चिलियन फर्वाड एलेक्सिस सान्चेजलाई बेच्ने तयारी गरेको छ।
आर्सनलले उनको स्थानमा जर्मन क्लब बोर्डेक्सका माल्कोमलाई भित्र्याउने सम्भावना छ। सान्चेजका लागि राम्रो प्रस्ताव आए उनलाई बिक्री गरिने आर्सनलले जनाएको छ।
म्यानचेस्टर सिटीले सान्चेजलाई किन्न चाहेको जनाईएको छ।
२९ वर्षिय सान्चेज ४२ महिना अघि आर्सनल भित्रिएका थिए। चिलीका लागि पछिल्ला दुई कोपा अमेरिका जितेका सान्चेजले आर्सनललाई भने उपाधि जिताउन सकेका छैनन्।
उनले आर्सनलका लागि एक सय ६५ खेलमा ८० गोल गरेका छन्। चिलीका लागि एक सय १९ खेलमा ३९ गोल गरेका सान्चेज यसअघि बार्सिलोनामा आबद्ध थिए।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































