
अ
+
अ
अ
-
शुक्रबार बिहान राजीनामा बुझाएका माओवादी विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले आफू विनाविभागीय भएको अवधिको पारिश्रमिक नलिने घाेषणा गरेका छन्।
उनीलगायत सबै माओवादी मन्त्रीहरुले बिनाविभागीय भएको ६८ दिनमा सामूहिक राजीनामा दिएका हुन्।
पोखरेलले आफ्ना सहकर्मी माओवादी मन्त्रीहरुलाई पनि बिनाबिभागीय भएको ६८ दिन अवधिको पारिश्रमिक नलिन आग्रह गर्ने जानकारी दिएका छन्।
पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रचण्डले पठाएको माओवादी मन्त्रीहरुको सामूहिक राजीनामासम्बन्धी जानकारी पत्र बुझाएर फर्केपछि सिंहदरबारमा भने, ‘हामी सरकारलाई जसरी पनि चुनाव गराउन दबाब दिन बसिरहेका थियौँ, हाल ताजा जनादेश आइसकेको अवस्थामा सरकारमा बसिरहन उचित नभएकाले राजिनामा दिएका हौँ।’
सरकारले राजस्वको दोहन गरिरहेको आरोप पनि उनले लगाए।