छात्रावासका मुक्त कम्लहरी ‘स्नातक’पढ्नबाट बन्चित

छात्रावासका मुक्त कम्लहरी ‘स्नातक’पढ्नबाट बन्चित
+
-

दाङ– लमही–१ स्थित लावाजुनी छात्रावासमा बस्दै आएकी भुमा चौधरीमा पढाइको चाहना मरेको छैन।

सानै उमेरमा मालिकको घरमा कम्लहरी बसेकी भुमा मुक्त भएपछि भने विद्यालयमा भर्ना भइन्। कम्लहरी जीवनबाट मुक्त भएपछि शिक्षाको उज्जालो संसारमा प्रवेश गरेकी उनीमा पढाइको डिग्री हासिल गर्ने दृढ संकल्प छ। तर, स्नातक तहमा भर्ना हुनै सकेकी छैनन्।

यसको कारण हो आर्थिक अभाव। ‘क्याम्पस भर्ना हुन चाहिने पैसा छैन्, क्याम्पस जान गाडी चढ्नुपर्छ तिर्ने पैसा छैन्, १२ कक्षा सम्म जेनतेन पढियो अब, माथिल्लो तहको पढाइ पूरा गर्न नसक्दा अलपत्र परेको छु,’ उनले भनिन्, ‘सरकारले माध्यमिक तहसम्मको पढाइको लागि छात्रवृत्ति दियो तर स्नातक तहको पढाइको लागि कुनै सहयोग नगरेकाले बिचल्लीमा परियो।’

देउखुरी बहुमुखी क्याम्पसमा बीएड पहिलो वर्षमा भर्ना भएर पढे पनि दोस्रो वर्षमा भर्ना हुने शुल्क नभएपछि क्याम्पस जानै छाडेकी छिन्।

उनी मात्र होइन् उच्च माध्यमिक तहको पढाइ पूरा गरेका मुक्त कम्लहरीहरु सरकारको सहयोग रोकिएका कारण स्नातक तहको पढाइ अघि बढाउन सकेका छैनन्। कक्षा १२ सम्मको पढाइको लागि सहयोग प्राप्त भएको छ।

त्योभन्दा माथिल्लो तहको पढाइको लागि राज्यले कुनै सुविधा उपलब्ध नगराउँदा मुक्त कम्लहरी  बालिकाहरुको भविष्य अन्यौलमा छ।

लावाजुनी छात्रावासमा बस्ने ७ जना मुक्त कम्लहरी स्नातक तहमा भर्ना हुन सकेका छैनन्। पहिलो वर्षमा ३ जना, दोस्रो वर्षमा १ र तेस्रो वर्षमा ३ जना गरी ७ जना मुक्त कम्लहरी स्नातक तहमा भर्ना हुन बाँकी छ।

वि.स.२०६४ सालमा स्थापना भएको लावाजुनी छात्रावासमा कैलाली, वर्दिया, प्युठान, सल्यान र दाङ देउखुरीका गरी ८३ मुक्त कमलहरी बालिका बस्दै आएका छन्। कक्षा ६ देखि स्नातक तह अध्ययन गर्नेहरु यहीँ बस्छन्। सूर्यविनायक माध्यमिक विद्यालयमा कक्षा ६ देखि १० सम्म र ११, १२ कक्षा नजिकका अन्य विद्यालयमा अध्ययनका लागि पुग्ने गरेका छन्।

सरकारले प्रतिछात्रा चार हजारको दरले विद्यालयमा सहयोग पठाउने गरेको छ। यसमध्ये ५ सय रुपैयाँ मासिक पकेट खर्चको रुपमा मुक्त कम्लहरीको हातमा पर्छ। बाँकी ३५ सय छात्रावासमा खाना, खाजा खर्चमा प्रयोग हुन्छ। ‘१२ महिना छाात्रावासमा वस्नुपर्छ तर, सरकारले दश महिनाको मात्रै सुविधा पठाउँछ, यो महङ्गीको समय छ, ५ सय रुपैयाँ पकेट मनीबट कापी, कलम किन्ने कि अन्य आवश्यकता पूर्ती गर्ने’, बसन्ती चौधरीले भनिन्, ‘पढेर हामी सफल हुन चाहन्छौं तर, सरकारले वातावरण र सहयोग बढाउन सकेको छैन।’

उपचार खर्च पुग्दैन

सीता चौधरी ११ कक्षामा पढ्छिन्। उनी आँखाको बिरामी छिन्। हरेक दिन औषधी खानुपर्छ। तर, औषधी किन्ने पैसा हुँदैन। छात्रावासमा औषधी उपचारका लागि आउने रकम समयमा निकासा नहुँदा सरसापट खोजेर औषधी किन्नुपर्ने समस्या उनले सुनाइन्। ‘उपचार खर्च थोरै पाउछौं, त्यसले पुग्दैन,’ उनले भनिन्, ‘हाम्रो छात्रावासमा खानेपानी छ तर, शुद्धता छैन। चिसो बढेको छ तर, मौसम अनुसारको कपडा छैन। हाम्रो समस्या कस्ले सुनिदिने ?’

सरकारले छात्राबासमा बस्दै आएका मुक्त कम्लहरी बालिकाहरुको पानी, बिजुली र उपचार भनेर एउटै शीर्षकमा वार्षिक ४८ हजार रुपैयाँ पढाउँछ। तर, पानी बिजुलीको लागि मात्रै वार्षिक एक लाख रुपैयाँ शुल्क बुझाउनुपर्छ।

सरकारले पढाएको रकमले विजुली, पानीको बिलसम्म तिर्न पुग्दैन। तीनवटा शिर्षकलाई एउटै बजेट सिलिङ मानेर थोरै बजेट पठाउँदा अप्ठेरो भएको छ। ‘स्थानीय मेडिकल तथा अस्पतालमा उपचार नभएर काठमाडौँसम्म बहिनीहरुलाई लगियो, वार्षिक चार पाँच लाख रुपैयाँ सरकारले उपचारकै लागी भनेर पठाउनुपर्छ,’ सूर्यविनायक माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु पौडेलले भने, ‘माथिल्लो तहबाट यसको समाधान गर्न जरुरी छ।’

वार्षिक बजेट यस्तो छ

कोचिङका लागि ९० हजार, अतिरिक्त कृयाकलाप १५ हजार, पानी, विजुली र उपचार ४८ हजार, सन्दर्भ सामग्री, पुस्तकालयका लागि ४५ हजार, सिपमूलक तालिम ३० हजार, विद्यालय ब्यवस्थापन समितिको खर्च १० हजार, छात्रावास सञ्चालन खर्च १ लाख ३९ हजार रुपैयाँ प्राप्त हुने छात्रावास सञ्चालन गर्दै आएको सूर्यविनायक माध्यमिक विद्यालयले जनाएको छ। यो बजेटवाट छात्रावास सञ्चालन गर्न अपुग छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?